बिर्तामोड १४ मंसीर । झापाकाे विर्तामोडमा आयाेजित एक कार्यक्रमका वक्ताहरूले संस्कारगत स्वीकारभव, आर्थिक स्राेतमा महिलाकाे पहुँच नहुनु, कानून बारे पूर्ण जानकारी नहुनु लगायतका कारणले हिंसाका घटनामा बृद्वि भएकाे बताएका छन् ।
वक्ताहरूले हिंसामा परेकाे महशुस भएपनि चुपचाप सहने बानी, कानूनी दायरामा उभ्याउन परिवारबाटै हुने हिचकिचाहट लगायतका कारणले हिंसाका घटना हुने गरेका् बताउँदै घरेलु हिंसा अन्त्यका लागि हिंसाकाे प्रतिकार गर्नुपर्नेमा जाेड दिए ।
लैंगिक हिंसा विरूद्व १६ दिने अभियान अन्तरगत नेपाल उद्यमशील महिला संघ झापाको आयाेजनामा सम्पन्न कार्यक्रमका सहभागी वक्ताहरूले यस्ताे बताएका हुन् ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीकाे अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलकाे प्रमुख आथित्ययमा सम्पन्न कार्यक्रममा बाेल्दै प्रमुख अथिति पाेखरेलले हिंसा भएकाे महशुस भए साैहाद्रपूर्ण वातावरणमा प्रतिकार गर्न सुझाए ।
केही संस्कारगत कुराले पनि महिलालाई हेप्ने, हाेच्याउने क्रम यथावत रहेकाे बताउँदै प्रमुख जिल्ला अधिकारीले त्यस्ता कुरामा सुधार ल्याउनु पर्नेमा दिदै लिङ्गका आधारमा लगाउने प्रतिबन्धलाई चिर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा मानव अधिकारकर्मी डा रूपक खनालले लैंगिक हिंसाकाे पाटाे मानव अधिकारकाे दृष्टिले अत्यन्तै संवेदनशील विषय भएकाे बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति भाेजराज सिटौलाले लैंगिक हिंसा समाधान र न्युनिकरण जरूरी रहेकाे बताउँदै कानूनले व्यवस्था गरेका कुराहरू नजानेर र नबुझेर पनि समस्या हुने गरेकाे धारणा राखे । हिंसा न्युनिकरणमा कांग्रेस जहिले पनि प्रतिवद्व रहेकाे बताउँदै सिटाैलाले समाधनका लागि नीतिगत व्यवस्था गरेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
त्यस्तै नेकपा एमाले बिर्तामाेड नगर अध्यक्ष सुवास भट्टराईले हिंसा र अपराध गर्नेलाई आफूले कहिले पनि संरक्षण नगर्ने बताउँदै समस्या समाधानका लागि राज्यले सहज वातारण बनाउनु पर्नेमा जाेड दिए । विदेशिएका युवा जनशक्ति स्वदेश फर्किएर काम गर्ने वातावरण निर्माण गर्न सबैकाे भूमिका रहनुपर्ने बताए ।
त्यसैगरी नेकपा माओवादीका नगर उपाध्यक्ष जनबहादुर जवेगुले संस्कार परिवर्तन नभएसम्म हिंसा अन्त्य कठिन रहेकाे बताउदै माओवादीले शुरूदेखि नै हिंसा विरूद्व टड्कारो रूपमा आवाज उठाउँदै आएकाे बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामाेडका प्रमुख सुरज कार्कीले लैंगिक हिंसाकाे अवस्थाबारे अवगत गराएका थिए ।
साे अवसरमा नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, रेखा अधिकारी लगायतले बाेलेका थिए ।
महासचिव यशाेदा प्रसाईंले सञ्चालन गरेकाे कार्यक्रममा ओैचित्यमाथि प्रकाश भीमा शिवाकोटी र स्वागत निरमाया पुलामीले गरेकाे कार्यक्रममा सहजीकरण संगीता चिमरियाले गरेकी थिइन । कार्यक्रम माथि टिप्पणी लिला अनमाेलले गरेकाे बताइएकाे छ ।
हिंसाकाे कारण आर्थिक पहुँच र संस्कारगत मान्यता

































































































