Homeसमाचारपाथीभरा टोल सुधार संस्थाको साधारणसभा, प्रजातान्त्रिक आन्दोलनका योद्धा सिकेको सम्झना

पाथीभरा टोल सुधार संस्थाको साधारणसभा, प्रजातान्त्रिक आन्दोलनका योद्धा सिकेको सम्झना

बिर्तामोड ११ मंसीर । पाथीभरा टोल सुधार संस्थाको १६ आें बार्षिक साधारणसभा सभा संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्था विभिन्न क्षेत्रमा उत्कृष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति एकराज कार्कीले व्यवस्था परिवर्तन भएपनि जनअपेक्षा अनुसार अवस्था परिवर्तन नहुँदा व्यवस्था माथि प्रहार हुन थालेको बताए ।

No description available.


प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकै कारण प्रजातान्त्रिक आन्दोलनका योद्धा सिके प्रसाईको सर्वस्वहरण भएको स्मरण गर्दै सांसद कार्कीले भने, ‘सिकेले शुरू गरेको आन्दोलन धरासायी हुने अवस्था देखिनु दुःखद हो उनले थपे, ‘व्यवस्था ठिक भएपनि अवस्था फेरिन नसक्दा व्यवस्थामाथि नै धावा बोल्ने काम भएको छ, नागरिकले अवस्था परिवर्तन चाहेको छ, अवस्था परिवर्तनका लाग नयाँ सोचका साथ जनप्रतिनिधि र राज्य सञ्चालकहरूले सच्चिन जरूरी छ ।’
जनताले ल्याएको उत्कृष्ट व्यवस्थामाथि धावा नबोल्न सुझाउँदै कार्कीले भने, ‘लोकतन्त्र विरोधीले शिर उठाउन खोजे पनि त्यो असंभव छ ।’

No description available.


संविधानका सबै धारा प्रयोग गरिसक्दा पनि प्रदेशमा सरकारको स्थायित्व नहुनु काहीँ नभाको जात्रा हाँडी गाउँको भने झै भएको बताए । कोशीमा आवधिक निर्वाचन भएको एकवर्षमा ५ वटा सरकार परिवर्तन हुँदा व्यवस्थामाथि निराशा बढेको पनि बताए । उनले भने, ‘संविधानका सबै धारा प्रयोग भइसकेका छन्, यो सरकार पनि कतिदिन टिक्छ थाहा छैन ? सोही अवसरमा बोल्दै पूर्व मन्त्री समेत रहेका कार्कीले कोशी सबैको साझा भएकै कारण प्रदेशको नाम कोशी राखिएको स्पष्ट पार्दै नाम परिवर्तनका लागि संवैधानिक प्रक्रिया पूरा गरेर अघि बढ्न पहिचानवादीहरुलाई सुझाव समेत दिए ।
पाथीभरा टोल सुधार संस्थालाई ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वस्वहरणमा परेका सिकेकी धर्मपत्नी गिरीराजकुमारी प्रसाई र उनका सन्नतीप्रति आदरभाव प्रकट गर्दै सांसद कार्कीले सिकेलाई सम्झिन छुटाएनन् ।

No description available.


हरिप्रसाद ढकाललाई ज्येष्ठ नागिरक सम्मान गरिएको कार्यक्रममा प्रमिला ढकाल बर्षोत्कृष्ट बुहारी, उत्कृष्ट सरसफाइ वातावरण सम्मान रोड नं ४ कि देवी कुँवरलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । त्यस्तै भवन निर्माणका लागि सहयोग गर्ने उषा प्रसाई बस्नेतलाई सम्मान गरिएको कार्यक्रममा एसईई उत्कृष्ठ विद्यार्थीहरु सृजन सिटौला र रोसिका उप्रेतीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा बिशिष्ठ अथिति रोहित प्रसाईं एकजुट भए हरेक काम गर्न संभव छ भन्ने उदाहरण हो पाथीभरा टोलले दिएको बताउँदै टोललाई उत्कृष्ठ बनाउने कार्यमा सक्दो साथ रहने बताए । वडा र नगरको मेरुदण्ड भनेकै टोल रहेको उल्लेख गर्दै टोललाई राम्रो बनाउन सदा लागि पर्न सुझाए । बिर्तामोड ५ नं. वडामा ४९ वटा टोल सुधार समिति रहेका छन

No description available.


संस्थाका अध्यक्ष शिवाकोटीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अथिति कार्की, बिशिष्ट अथिति प्रसाई, संगीताबाबा प्रसाई, पूर्व अध्यक्ष मोहन ओली, बालकृष्ण रिमाल कार्यक्रममा पाथीभरा टोल सुधार ज्येष्ठ नागरिक समितिका अध्यक्ष भवानी चिमरिया, महिला समितिका अध्यक्ष कमला प्रसाई लगायतले मन्तव्य राखेका थिए ।
ज्येष्ठ नागरिक भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले स्वागत तथा भवन निर्माण सम्बन्धी प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव छवि बरालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभरा टोल सुधार संस्थाको साधारणसभा, प्रजातान्त्रिक आन्दोलनका योद्धा सिकेको सम्झना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img