Homeसमाचारबिर्तामोड र कनकाईका बृद्धबृद्धालाई लौरो वितरण

बिर्तामोड र कनकाईका बृद्धबृद्धालाई लौरो वितरण

बिर्तामोड ३ मंसीर । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । पहिलो पटक प्रत्येक वडाबाट १०/१० जना बृद्धबृद्धालाई लौरो, टोपी र मजेत्रो वितरण गरिएको बताइएको छ ।
सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका छन्।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताउनु भयो । उहांले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यहि लौरोले खवरदारी गर्न आग्रह समेत गरेका छन् । सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएकोले सम्मान जरुरी रहेको बताए ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ। सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड र कनकाईका बृद्धबृद्धालाई लौरो वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img