Homeसमाचारतीन लायन्स क्लब र दुई लियो ब्लकको पदस्थापन, पत्रकार गौतम सम्मानित

तीन लायन्स क्लब र दुई लियो ब्लकको पदस्थापन, पत्रकार गौतम सम्मानित

बिर्तामोड २ मंसीर । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच जनआन्दोलन डटकम अनलाईनकी सम्पादक रेजिना गौतम सम्मानित भएकी छन् । बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको पदस्थापन कार्यक्रममा गौतमलाई सम्मान गरिएको हो । सम्मानित गौतम झापाका महिला सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृह झापाकी अध्यक्ष समेत रहेकी छन् ।


लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव अफ बिर्तामोड लेडी र लियो क्लब अफ भद्रपुरको सन् २०२३–२०२४ का लागि नेतृत्वलाई सन् २०२२-०२३ को नेतृत्वले पदहस्तान्तरण गरेको हो ।
लायन्स क्लबका डिष्ट्रिक गभर्नर विजयहरी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामो समयदेखि पत्रकारितामा क्रियाशील रेजिना गौतमलाई सम्मान गरिएको छ ।
सञ्चारको माध्यमबाट महिलाका समस्या उठान गरी समाज रुपान्तरणमा सहयोग पुर्याउनुका साथै लायन्सका गतिविधी सार्वजनिक गर्न योगदानको कदर गर्दै पत्रकार गौतमलाई सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । झापामा महिलाले नेतृत्व गरेका लायन्स क्लबको तर्फबाट सम्मानित हुने गौतम पहिलो महिला पत्रकार हुन् । उनी विगत दुईदशक यता झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील छन्् । सम्मानित गौतमलाई लायन्सका डिष्ट्रिक गभर्नर विजयहरी शर्माले सम्मान पत्र प्रदान गरेका थिए ।


सो अवसरमा २०२२–२०२३ का अध्यक्षहरु लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष नम्रता रिजाल ढकालले सन् २०२३–२०२४ की अध्यक्ष निरु उप्रेती ओलीलाई, लायन्स क्लब अफ बिर्तामो स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरीले अञ्जु पाण्डे र लायन्स क्लब अफ भद्रपुरका प्रकाश उप्रेतीले सर्मिला अधिकारीलाई आफ्नो गलामा रहेको लायन्स चेन र दोसल्ला पहिर्याएर पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लायन्सको सदस्यता लिएका नयाँ सदस्यहरुलाई प्रमुख अतिथि शर्माले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अथिति शर्मा, अथितिहरु धिरज गुरुङ, विकास अधिकारी, सुरज खत्री, सम्मानित व्यक्ति रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राख्दै लायन्सको विधि पद्धती, कामबारे चर्चा गरेका थिए ।
नम्रता रिजाल ढकालले स्वागत गरेको कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष त्रय ओली, पाण्डे र अधिकारी तथा लियो क्लब अफ बिर्तामोड लेडीकी सन् २०२३–२०२४ की अध्यक्ष प्रशंसा घिमिरेले स्वीकारोक्ति मन्तव्य राखेको सदिक्षा खरेलले जानकारी दिइन् ।


मञ्जु उप्रेतीले झण्डाको अभिवादन गरेको कार्यक्रमको सञ्चालन इन्दिरा खरेल र सरु भुर्तेलले गरेका थिए ।
कार्यक्रममा लायन्सको सदस्यता लिएका नयाँ सदस्यहरुलाई प्रमुख अतिथि शर्माले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अथिति शर्मा, अथितिहरु धिरज गुरुङ, विकास अधिकारी, सुरज खत्री, सम्मानित व्यक्ति रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राख्दै लायन्सको विधि पद्धती, कामबारे चर्चा गरेका थिए ।

May be an image of 10 people and text


नम्रता रिजाल ढकालले स्वागत गरेको कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष त्रय ओली, पाण्डे र अधिकारी तथा लियो क्लब अफ बिर्तामोड लेडीकी सन् २०२३/२०२४ की अध्यक्ष प्रशंसा घिमिरेले स्वीकारोक्ति मन्तव्य राखेको सदिक्षा खरेलले जानकारी दिइन् ।
मञ्जु उप्रेतीले झण्डाको अभिवादन गरेको कार्यक्रमको सञ्चालन इन्दिरा खरेल र सरु भुर्तेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतीन लायन्स क्लब र दुई लियो ब्लकको पदस्थापन, पत्रकार गौतम सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img