Homeसमाचारक्षेत्र नं. २ मा १० जना महासमिति सदस्यका लागि १७ जनाकाे उम्मेदवारी...

क्षेत्र नं. २ मा १० जना महासमिति सदस्यका लागि १७ जनाकाे उम्मेदवारी १०:३० देखि मतदान हुने

बिर्तामोड २२ कात्तिक । नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि झापा क्षेत्र नं- २ मा मनाेनयन दर्ता सम्पन्न भएकाे छ ।
क्षेत्र नं. २ काे निर्वाचनस्थल जिल्ला पार्टी कार्यालयमा मनाेनयन दर्ता सम्पन्न भएकाे निर्वाचन समितिले जनाएकाे छ ।
१० जना महासमिति सदस्यका लागि १७ जनाकाे उम्मेदवारी परेकाे हाे । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाकाे उम्मेदवारी परेकाे छ । जसमा उमा शिवाकोटी, चन्द्रकला भण्डारी र सीता पाैडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै ५ जना खुल्ला पुरूषतर्फ ८ जनाकाे उम्मेदवारी परेकाे छ । खुल्ला पुरूषतर्फ काेशी प्रदेश सभापति उद्वव थापा, राष्ट्रिय सभा सदस्य गाेपालकुमार बस्नेत, उद्योगी छत्रबहादुर गिरी, सामाजिक व्यक्तित्व जलकुमार गुरूङ, पार्टीका पुराना कार्यकर्ता टीका प्रसाईं, सामाजिक व्यक्तितब दिपेन्द्रप्रसाद ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र हस्तबहादुर परियारले मनाेनयन दर्ता गराएका छन् ।
त्यसैगरी खस आर्य महिलातर्फ १ जना निर्वाचित हुनुपर्नेमा भुमादेवी घिमिरे र रन्जिता कार्कीकाे उम्मेदवारी परेकाे छ भने खसआर्य पुरूषतर्फ अनाेजकुमार खड्का र यज्ञप्रताप अधिकारीले मनाेनयन दर्ता गराएका छन् ।
त्यस्तै आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. २ काे आजै साढे दशबजेदेखि मतदान प्रक्रिया शुरू हुने समयतालिका तय गरिएकाे छ ।
आदिवासी जनजाति महिलातर्फ भने राधा सुब्बा निर्विरोध भएपनि निर्वाचन समितिले घाेषणा गरिसकेकाे छैन ।
कांग्रेस झापाले जिल्लाका सबै क्षेत्रमा आजै महासमिति सदस्य निर्वाचन गर्ने तयारी अनुसार कार्यक्रम अघि बढेकाे जनाएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्षेत्र नं. २ मा १० जना महासमिति सदस्यका लागि १७ जनाकाे उम्मेदवारी...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img