Homeसमाचारमहासमिति सदस्य निर्वाचन, क्षेत्र नं–२ मा मतदान सम्पन्न अरु क्षेत्रमा उम्मेद्वारी दर्ता

महासमिति सदस्य निर्वाचन, क्षेत्र नं–२ मा मतदान सम्पन्न अरु क्षेत्रमा उम्मेद्वारी दर्ता

बिर्तामोड २२ कात्तिक । झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै ४ः१५ बाट मतगणना शुरु हुनेछ ।
प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं–२ मा आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
बाकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाको उम्मेदवारी परेको छ । खुल्ला महिला कोटामा उमा शिवाकोटी, चन्द्रकला भण्डारी र सीता पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै ५ जना खुल्ला पुरूषतर्फ ८ जनाको उम्मेद्वारी परेको छ । खुल्ला पुरूषतर्फ कोशी प्रदेश सभापति उद्वव थापा, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, उद्योगी छत्रबहादुर गिरी, सामाजिक व्यक्तित्व जलकुमार गुरूङ, पार्टीका पुराना कार्यकर्ता टीका प्रसाईं, सामाजिक व्यक्तित्व दिपेन्द्रप्रसाद ढकाल, र साहित्यकार तथा पूर्व शिक्षक हस्तबहादुर परियारको उम्मेद्वारी परेको छ ।
त्यसैगरी खस आर्य महिलातर्फ १ जना निर्वाचित हुनुपर्नेमा भुमादेवी घिमिरे र रन्जिता कार्कीको उम्मेदवारी परेको छ भने खसआर्य पुरूषतर्फ अनोजकुमार खड्का र यज्ञप्रताप अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन्।
झापाका पाँचवटै क्षेत्रमा निर्वाचन प्रक्रिया अघि बढेको छ । झापा क्षेत्र नं–१ मा खुल्लातर्फको पाँच पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ केशवराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्गबहादुर धिमाल, पुष्पराज पौडेल, रामबहादुर कट्टेल (राम कट्टेल) पंकजविक्रम नेम्बाङ, विमल आचार्य, अशोककुमार पोखरेलको उम्मेद्वारी दर्ता भएको हो ।
यसैगरी दुई खुल्ला महिला पदका लागि दुर्गा खतिवडा, शोभा श्रेष्ठ नेम्बाङ र उषा गुरुङको उम्मेद्वारी परेको छ ।
खसआर्य खुल्ला कोटामा रोहितकुमार बुढाथोकी र तेजप्रसाद चम्लागाईको उम्मेद्वारी परेको छ । यसैगरी खसआर्य महिला कोटामा सुशिला रिजाल, टिका सुवेदी बराल, चन्द्रकला भट्टराईको उम्मेद्वारी परेको छ । खसआर्य खुल्ला र महिलामा १÷१ जना महासमिति सदस्य चयन हुनेछन् ।
यसैगरी आदिबासी जनजाति खुल्लातर्फ १ जना महासमिति सदस्य पदका लागि बालाजित राई र प्रेम सम्बाहाम्फेको उम्मेद्वारी परेको छ । आदिबासी÷जनजाति महिलातर्फ भने डम्बरकुमारी थापा मगरको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मतदान बिहीबार हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहासमिति सदस्य निर्वाचन, क्षेत्र नं–२ मा मतदान सम्पन्न अरु क्षेत्रमा उम्मेद्वारी दर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img