Homeसमाचारसाना किसान कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न

साना किसान कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न

भद्रपुर १९ कार्तिक । साना किसान कृषि सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा आइतबार चन्द्रगढीमा सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिना ढकालले उद्घाटन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष देविमाया अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले दुईलाख ३२ हजार दुईसय रुपैयाँ सहकारीका चारसय ६६ शेयर सदस्यहरु विच कारोबार रहेको बताउदै संस्थाले हालसम्म गरेका गतिविधी तथा भावि कार्य योजनाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता दिलिप राजवंशी बाल बचत कर्ता छात्र युगान निरौला, छात्रा टेरिसा खतिवडा, अन्तर समूहबाट महेश न्यौपाने र निता कार्की तथा जेष्ठ सदस्य इन्दिरा कार्कीलाई सम्मान समेत गरिएको थियो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेप्सुन केन्द्रीय सदस्य घनश्याम अधिकारी, कृषि सहकारी संघ झापा अध्यक्ष केशब सापकोटा, हरिकृष्ण अधिकारी, भद्रपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज सुब्बा, नयानाथ पाण्डे, दिपबहादुर राउत, भद्रपुर १० का वडाध्यक्ष सचिब मनकुमार डाँगी, सुभास गौतम लगाएतले मन्तब्य राखेका थिए ।
प्रबन्धक खेम नेपालले संचालन गरेको कार्यक्रम को स्वागत मन्तब्य सहकारीकी उपाध्यक्ष दुर्गादेवी पौडेल निरौलाले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना किसान कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img