Homeमहिला‘अझैपनि घरभित्रका हिंसा बाहिर आउन सकेका छैनन'

‘अझैपनि घरभित्रका हिंसा बाहिर आउन सकेका छैनन’

झापा २० कात्तिक । एबिसी नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित अन्तरक्रियामा एबिसीकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् ।
एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताइन् । उनले भनिन्–‘समस्या छ, तर बाहिर आउन/ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’
संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको जानकारी दिइन् । साथै जिल्ला शाखालाई सिमा क्षेत्र, कारागारलगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन सुझाइन् ।
सामाजिक सेवामा इतिहास बनाएको संस्थामा जोडिन पाउँदा पनि गर्व गर्नुपर्नेमा जोड दिंदै एबिसीकी महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसंग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । संस्थालाई दीर्घकालीन व्यवस्थापनका लागि कोष बनाउने योजना अघि बढेको बताइन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले काम गर्ने सिलसिलामा संस्थाले जिल्लामा भोग्नु परेको समस्याबारे अवगत गराएकी थिइन् ।
संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका गतिविधि समेटिएको प्रतिवेदन एबिसी झापाकी सहसचिव उमा शिवाकोटीले प्रस्तुत गरिन ।
प्रस्तुत प्रतिवेदन अनुसार एबिसी झापाले हिंसा विरुद्ध समाजमा भएका घटनाकाबारेमा आवाज उठाउनेदेखि बन्दि गृहका महिलालाई लक्षित गरी सिपमुलक (ब्याग बनाउने) कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थी लक्षित लागू औषध विरुद्ध सचेतनामुलक कार्यक्रम, जोखिमयुक्त समुदायलाई लक्षित गरी कानूनी परामर्श तथा सचेतनामुलक कार्यक्रम, स्टिकर अभियान, जोखिममा परेका बालबालिकालाई उद्दार सिप प्रदान र बस्ने वातावरण बनाउने लगायतका काम गरेको उल्लेख छ ।
कार्यक्रममा केन्द्रका भावी कार्यक्रम र योजनाबारे सहभागीले जिज्ञासा राखेका थिए । उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देविका निरौला बस्नेतले गरेकी थिइन् ।कार्यक्रममा एबिसी नेपाल झापाकी कानूनी सल्लाहकार कमला आचार्य उप्रेती, एबिसी नेपाल कोशी प्रदेश कार्यालय लेखा फाँटकी इन्दिरा गौतम, इन्दिरा न्यौपाने, ज्योति रिजाल, शुष्मा पौडेल, उर्मिला खरेल, नम्रता रिजाल, डा. रोमी बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा जिल्लाका समस्याबारे अवगत गराउँदै सहभागीले सामाजिक तथा संवेदनशील क्षेत्रमा काम गर्न बजेटको भएको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

केन्द्रीय टोलीले आजै संस्थाका झापा शाखाको अनुगमन गर्नुका साथै काँकरभिट्टा सिमानाका र भद्रपुर नाकामा मानव बेचविखन तथा ओसारपसार र निगरानीबारे समेत जानकारी लिनुका साथै अवलोकन गरेको छ । सिमानाका अवलोकनका क्रममा एबिसीकाे टाेलीले जनप्रतिनिधि, ससस्त्र प्रहरी प्रमुख , वडा प्रहरी प्रमुख ,साना हातहरु सस्थाका प्रमुख बिक्रम बाग्ले लगायतले सिमानाकामा हुने गतिविधिबारे जानकारी गराएका थिए । साे क्रममा सिमानामा देखिएका समस्या न्युनिकरणका बारेमा छलफल भएकाे थियाे । साे क्रममा एबिसि नेपाल झापा भद्रपुर सिमानाकी ईन्चार्ज प्रेक्षा बर्माले दैनिक आउने गतिबिधि प्रस्तुत गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिला‘अझैपनि घरभित्रका हिंसा बाहिर आउन सकेका छैनन'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img