HomeFeatured 2जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार हुने

जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार हुने

काठमाडौं १८ कात्तिक । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पका घाइतेहरुलाई सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज (शनिवार) प्रेस विज्ञप्ति जारी गदैं भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार गरिने जनाएको छ ।


सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ । ‘काठमाडौं मेडिकल कलेजका सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य डा. शर्माको सक्रियतामा केएमसीले भूकम्पबाट घाइते भएका विरामीहरुलाई अस्पतालमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’–विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउँन समेत तयार रहेको जानकारी गराउँछौं ।’
घाइतेहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,’ सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौं भनेर घाइतेहरुलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाएका छौं ।’
जाजरकोटको रामेडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तिमा १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img