Homeसमाचारउद्योग व्यवसाय मन्दी चलायमान हुन नसक्दा मुलुक आर्थिक संकटमा फस्दै

उद्योग व्यवसाय मन्दी चलायमान हुन नसक्दा मुलुक आर्थिक संकटमा फस्दै

बिर्तामोड १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बरका उपाध्यक्षमा चण्डीराज ढकालले आर्थिक रुपमा मुलुक संकटमा फस्दै गएको बताएका छन् । आर्थिक संकट उत्पन्न हुँदा ब्यवसायी सबैभन्दा ठूलो मारमा परेको उल्लेख गर्दै राज्यले बेलैमा सोच्नुपर्ने बताए । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले मुलुकको आर्थिक वृद्धिका लागि नीजि क्षेत्रको ठूलो योगदान गरेको धारणा ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख आथिति समेत रहेका ढकालले राज्यले नीजि क्षेत्रको संरक्षणमा ध्यान दिदैं वर्तमान आर्थिक संकटको निकासका लागि पहल गर्नुपर्ने विचार ब्यक्त गरे । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले आर्थिक रुपमा दर्विलो भए मात्रै देशको अर्थतन्त्र मजबुद हुने उल्लेख गरिन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघका हरेक कार्यक्रममा सहभागि भएको भन्दै उनले वाणिज्य संघले ब्यवसायीको हितमा काम गर्नुपर्ने उल्लेख गरिन् । उनले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरेकी छन् । उपसभामुख रानामगरले उद्योगी व्यवसायीसहित हरेक व्यक्तिलाई आफ्नो गाँस काटेर भूकम्पपीडितहरुलाई सहयोग गर्न आव्हान गरेकी हुन् । साधारणसभामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बिर्ताामोड उद्योग वाणिाज्य संघका अध्यक्ष प्रकाश शिवकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए । सभाले अध्यक्ष प्रकाश शिवकोटी, महासचिव अर्जुनकुमार मैनाली र कोषध्यक्ष दिपेन्द्र राउतद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको कार्यलाय सचिव राजु गौतमले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी फागुन १४ निर्वाचनको मिति तय गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउद्योग व्यवसाय मन्दी चलायमान हुन नसक्दा मुलुक आर्थिक संकटमा फस्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img