HomeFeatured 2सामुदायिक बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा सम्पन्न

सामुदायिक बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा सम्पन्न

भद्रपुर १८ कार्तिक । सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको १७ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेको साधारणसभामा संस्थाका अध्यक्ष हरीप्रसाद गौतमले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एककरोड १२ लाख ५५ हजार छसय रुपैयाँ संस्थाको चुक्ता शेयर पूँजी रहेको जानकारी दिए।
चालु आर्थिक वर्षका विभिन्न नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्दै संस्थाका बार्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने र अनिवार्य बचतकर्ता पुरुषोतम पोखरेल, मेरी चौधरी र हिमादेवि कुईकेललाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी १२ महिने आवधिक बचतकर्ता गोमा घिमिरे, सदस्य सन्ततीबाट कक्षा १२ मा उत्कृष्ट हुने छात्र बिकल्प कोईराला र छात्रा सुस्मिता कुमारी चौधरीलाई नगद सहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
यसै गरी सहकारीले यस बर्ष जेष्ठ सदस्य सम्मानबाट ८१ बर्षिय समाज विष्णुप्रसाद शिवाकोटी र ८३ बर्षिय हरीकुमारी पोखरेललाई प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
गौतमको अध्यक्षातामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी राष्ट्रसेवक सहकारीका अध्यक्ष बशिष्ठ अधिकारी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा रिक्त रहेको कार्यसमिति सचिव पद लगायतका विभिन्न पदहरुमा सचिव मीनप्रसाद पोखरेल, सह सचिब ससिम पोखरेल, सदस्य ज्वालाप्रसाद निरौला र बजार ब्यबस्थापन समितीमा बिमला गौतम भट्टराई सर्वसम्मत मनोनित गरेर समितिलाई पूर्णता दिइएको छ । मिनप्रकास पोखरेलले संचालन गरेको कार्यक्रमको स्वागत भरत पोखरेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सामुदायिक बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img