Homeसमाचारयुएईलाई पराजित गरेसंगै नेपाल विश्वकप क्रिकेटका लागि छनोटमा पर्न सफल

युएईलाई पराजित गरेसंगै नेपाल विश्वकप क्रिकेटका लागि छनोटमा पर्न सफल

झापा १७ कात्तिक । युएईलाई ८ विकेटले हराउँदै नेपाल आइसिसी टि–२० विश्वकपका लागि छनोटमा पर्न सफल भएको छ । घरेलु टोली नेपालले जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याए थियो । जवाफी ब्याटिङ गरेको नेपालले १७ बल बाँकी छँदै लक्ष भेट्टायो। नेपालको जितमा ओपनर आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । कप्तान रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रन हाने । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । भुर्तेल ११ रनमा क्याच आउट भए । गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशन २२ रनमा बोल्ड आउट भए ।
नेपाल टस हारेर फिल्डिङका लागि मैदान उत्रिएको थियो । युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
युएईका वृत्य अरविन्दले सर्वाधिक ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । नेपालका लागि युवा स्पिनर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दा ११ रन खर्चिए । स्टार बलर सन्दीप लामिछानेले २ विकेट लिए । लामिछानेले ४ ओभर बलिङ गर्दा एक मेडनसहित १४ रन खर्चिएर २ विकेट लिएका छन् । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
घरेलु मैदान माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा झण्डै ३० हजार दर्शकको अपारभिड लागेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयुएईलाई पराजित गरेसंगै नेपाल विश्वकप क्रिकेटका लागि छनोटमा पर्न सफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img