चारआली १६ कात्तिक । सामाजिक ब्यक्तित्व राजन चिमरियाले यस बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् ।
नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।
चिमरियाले बिहीवार (आज) आफ्नो जन्मोत्सवका दिन झापाको मेचीनगर नगरपालिका १३ मा बसोबास गर्दै आएको शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एकसय रुपैयाँ प्रदान गरेका थिए । शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह«थुमको बगाले घटनामा मृत्यु भएको थियो । रितिका डेरी उद्योगका सञ्चालक चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए ।
त्यस्तै जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर–१० मा गत कार्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएको नरेश राजवंशीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले बालिका संरक्षित कोषका लागि ५१ हजार र काजक्रिया खर्चबापत ५ हजार एकसय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक र नगद ५ हजार एकसय रुपैयाँ नरेशकी श्रीमती बिमला र छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् ।
चिमरियाले प्रत्येक बर्ष आफ्नो जन्मोत्सव र बैवाहिक बर्ष गाँठका अवसर पारेर फरक–फरक बिषयमा केन्द्रित रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव र बैवाहिक बर्षगाँठमा कृषक, बिपन्न, आगलागि पिडीत, वाढीपिडीतलगायतलाई सहयोग गरेर जन्मोत्सव र बैवाहिक बर्षगाँठ मनाउने गरेको बताए । आउँदै गरेको बैशाख २७ गतेको यसबर्षको बैवाहिक बर्ष गाठमा पनि नयाँ कार्य गर्ने चिमरियाले बताएका छन् ।
उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहनबा), पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर १२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर–१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो । जन्मोत्सव र बर्ष गाठमा गरिने फजुल खर्जलाई कटाएर चिमरियाले बर्षमा दुई पटक सामाजिक कार्य गर्दै आएका छन् ।
जन्मोत्सवमा शहिद परिवारलाई गाई, काजकिरिया खर्च र पढाईका लागि सहयोग

































































































