बिर्तामोड १६ कात्तिक । बिर्तामोडस्थित अतिथि सदनरोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा देवीप्रसाद अधिकारी, सचिवमा पुनः चन्द्रकुमार भट्टराई, सहसचिवमा प्रेमप्रसाद अधिकारी, कोषाध्यक्षमा छविरमण अधिकारी चयन भएको निर्वाचन समिति संयोजक तथा बिर्तामोड नगरपालिकाका सहकारी विभागका संयोजक डिल्ली दाहालले जानकारी दिए ।
त्यस्तै, सदस्यहरुमा प्रेमबहादुर कार्की, अनिता मैनाली संग्रौला, ममता गुरुङ र कृपा खड्का चयन भएका छन् ।
संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा पुनः श्याबहादुर निरौला, चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत चयन भएका छन् ।
साना मझौला व्यवसायी साकोसको अध्यक्षमा पुनः देवी निरौला

































































































