Homeसमाचार'पार्टी दर्विलो हुन ०८२ मंसीरलाई महाधिवेशनको क्यालेन्डर बनाउनु पर्छ'

‘पार्टी दर्विलो हुन ०८२ मंसीरलाई महाधिवेशनको क्यालेन्डर बनाउनु पर्छ’

झापा १६ कात्तिक । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसको पार्टी सुदृढिकरणका लागि अब हुने महासमितिको बैठक महत्वपूर्ण हुने बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्यहरुले कार्यकर्ताको जिज्ञासा र चिन्ताप्रति आश्वस्त पार्दै पार्टीको तत्कालै हुन लागेको महासमिति बैठकको निर्णय महत्वपूर्ण हुने बताएका हुन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले वडातहदेखि संघीय सरकारमा समेत पार्टी सत्तामा रहेपनि कार्यकर्तामा निराशा देखिएको बताएकी छन् ।
पार्टीले उठाएका उम्मेद्वारलाई भोट हालेर बसेका कार्यकर्ताहरुले पार्टी कसरी चल्छ भन्ने चिन्ताले निराशा देखिएको गौतमले बताइन् । वर्तमानमा सांसद समेत रहेकी उनले भनिन्–‘पार्टीलाई भोट हालेका छन्, उनीहरुलाई केहि चाहिएको छैन, तर पार्टी कसरी चल्छ भन्ने चिन्ता छ ।’


राजनीति वंश विरासतमै चल्नुपर्छ भन्ने मानसिकता नै समस्या भएको बताउँदै केन्द्रीय सदस्य गौतमले अबको महासमिति बैठक रचनात्मक र पार्टीभित्र देखिएको समस्याको निकास दिन सक्ने खालको हुनुपर्नेमा दिइन् । उनले भनिन्–‘निराशाहरु धेरै छन्, असन्तुष्टिहरु छन् ।’ उनले थपिन् –उनले थपिन्–‘निराशाको समाधान महासमिति बैठकले पार्टीलाई सही ट्रयाकमा ल्याउछ कि आशा गरौं ।’
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका केन्द्रीय विभागहरु फाली खुस्किएको हलो झैं भएको बताए । विभागहरुलाई स्मार्ट खालको बनाएर छिटो छिटो पूर्णता दिनुपर्ने भएपनि त्यसका लागि सभापतिले नै अड्काएर राखेको धारणा राखे । केन्द्रीय सदस्य शिवाकोटीले भने–‘भातृसंगठनभित्र स्मार्ट समिति बनाइदिएको भए काम गर्न त सक्थ्यो, मिटिङ बस्न पार्टी हल खोज्नुपर्छ समितिले पूर्णता पाएको छैन ।’
२०८२ को मंसीरमा पार्टीको महाधिवेशन हुन नसके पुरानो पार्र्टीका नाममा आउने पुस्ताले सबैभन्दा बढी पीडा खेप्नुपर्ने अवस्था आउने बताउँदै भने–‘त्यसैले अब बस्ने महासमिति सदस्यले २०८२ मा महाधिवेशनको क्यालेण्डर तय गर्नसक्नु पर्छ उनले थपे–‘तब मात्रै त्यो पछि हुने निर्वाचनमा पार्टीले केही गर्नसक्छ ।’
पार्टीभित्र अन्तरद्वन्द्व पुरानै भएको बताउँदै केन्द्रीय सदस्य शिवाकोटीले अहिलेको द्वन्द्व २०२६ सालमा विपीमाथि भएको आक्रमणकै पुनराबृत्ति भएको बताए ।
अन्तरक्रियामा सांसद कुसुम थापामगर, संविधानसभा सदस्य प्रकाश स्नेही र मनोजमणी आचार्य लगायतले बोलेको थिए ।
सो क्रममा सहभागी कार्यकर्ताले आशा बोकेका नेताहरुले पनि आशातित कुराको छनक दिन नसक्दा निराशा जागृत भएको भन्दै पार्टीलाई सही ट्रयाकमा ल्याउनका लागि पार्टीभित्रका युवा केन्द्रीय सदस्यहरुलाई झक्झक्याउँदै निराशा बढेर गए समस्या हुने धारणा राखेका थिए ।
साथै पार्टीका मेरुदण्डको रुपमा रहेका भातृ संघसंगठनहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यको भूमिकाबारे पनि प्रश्न उठाएका थिए ।
नेपाली कांग्रेस बिर्तामोड नगरसभापति भोजराज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको सहजीकरण प्रदेश सभापति लक्ष्मी आचार्यले गरेका थिए ।
कांग्रेसले मंसीर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने मिति तय गरेको छ । कांग्रेसका केही जिल्लामा महासमिति निर्वाचन हुनै बाँकी रहेको बताइएको छ । स्रोतका अनुसार कात्तिक २४ गतेभित्रमा जिल्लाबाट महासमिति सदस्यको नामावली नगएमा मंसीर १३ गतेदेखि हुने महासमिति बैठकमा सहभागीता जनाउन बञ्चित हुन सक्ने संभावना रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'पार्टी दर्विलो हुन ०८२ मंसीरलाई महाधिवेशनको क्यालेन्डर बनाउनु पर्छ'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img