HomeFeatured 2समानुपातिक निर्वाचन प्रणाली पहुँचवालाका लागि–अध्यक्ष केसी

समानुपातिक निर्वाचन प्रणाली पहुँचवालाका लागि–अध्यक्ष केसी

झापा १५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने बताएका छन् । अहिलेको समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै त्यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका हुन् ।
आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउँदै वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने दावी गरे ।
समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेको टिप्पणी गर्दै अध्यक्ष केसीले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।
उनले भने–‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । विपनाको कुरा छाडिदिउँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् ।’ निर्वाचन आयोगले पनि राम्रोसँग चुनावको अनुगमन नगरेको धारणा राखेका केसीले समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो भएको बताए । समानुपातिकमा पार्टीभित्रका सबंभन्दा धनाढ्य, पहुँचवालाहरू आएपछि त्यसको औचित्य के ? उनले भने–‘समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने यसको औचित्य रहन्न हाम्रो पार्टीको ठहर छ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2समानुपातिक निर्वाचन प्रणाली पहुँचवालाका लागि–अध्यक्ष केसी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img