Homeसमाचारडिजास्टर टुरिजमको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री कार्की

डिजास्टर टुरिजमको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री कार्की

बिर्तामोड १२ कात्तिक। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले डिजास्टर टुरिजम बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित अन्तराष्ट्रिय झापाली समाजको चौथो अधिवेशनमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कार्कीले आइतबार बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक प्रकोप नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्नुपर्नेमा जोड दिंदै मुख्यमन्त्री कार्कीले प्रकोप नियन्त्रणका लागि योजना बनाउनु पर्नेमा जोड दिए ।
उनले भने ‘प्रकोप भएको ठाउँमा जाने अनि सहयोग गरेको फोटो हाल्ने काम बन्द गर्नुपर्छ, समस्या समाधानको स्थायी उपाय खोजी गर्नुपर्छ ।’ प्रकृति प्रदत्त खोलाले विकास र समृद्धिको अपार संभावना बोकेकोले अवसरका रुपमा लिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सम्पदालाई अभिसापका रुपमा चित्रण गरिनु नहुने बताए ।
सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई नमुना प्रदेश निर्माणका लागि लगानी भित्र्याउन आवश्यक कानून निर्माणका लागि आफू नेतृत्वका प्रदेश सरकार तयार रहेको बताए।
कोशी प्रदेशलाई नमूनाका रुपमा विकास गर्न ‘कस्तो खालको कानुन बनाउनु पर्छ, कस्तो खालको संरचनाहरु तयार गर्नुपर्छ,’ ‘कुन संरचनाले तपाईहरुलाई समेट्न सक्छ ? प्रादेशिक संरचना अन्तरगत कोशी प्रदेशको समृद्धिमा यहाँहरुको भूमिका कस्तो हुन्छ ? मुख्यमन्त्री कार्कीले भने ‘यहाँहरुको अनुभव यहाँ प्रयोग गर्नका लागि प्रदेश सरकार तयार छ ।’
प्रदेश सरकारले सुशासन दिनलाई लगानीको अभिवृद्धि गर्नका लागि कुनै सम्झौता गर्नु नपर्ने पनि बताए । ‘लगानी बोर्डमार्फत कस्तो खालको कानून बनाउँदा लगानीमैत्री प्रदेश बनाउन सक्छौँ, कस्तो खालको कानून बनाउँदा सामाजिकमैत्री कानून बनाउन सक्छौँ भन्ने कुराका लागि हामीसँगै बसेर बनाउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकार तपाईहरुसंग बसेर छलफल गर्न तयार छ ।’
मुख्यमन्त्री कार्कीले झापाली मात्र नभएर विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा बाँधेर सिंगो कोशी प्रदेशकै विदेश जानेहरुले आफ्नो श्रम मात्र बेच्ने, जवानीमात्र सक्ने नभई त्यहाँबाट आएको रेमिट्यान्सले आर्थिक गतिविधीलाई चलायमान बनाउनुका साथै सिकेको सीप र बटुलेको अनुभव स्वदेशको विकासमा ठूलो सहयोग पुग्ने समेत बताए । सबै कुरा उमेरले मात्र नहुने भन्दै कार्कीले समाजसेवा गर्न र देश चलाउनलाई अनुभवको पनि त्यतिनै खाँचो हुने बताउँदै कोशी प्रदेशलाई नमुना प्रदेश हो भन्ने अभियान लिएर जान आग्रह पनि गरे ।
यसअघि अन्तराष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलले लगानी मैत्री वातावरण भए लगानी भित्र्याउन पहल गर्ने जनाएका थिए ।
कार्कीले कोशीमा सबैलाई समेटेर अगाडी लैजानका लागि गृहकार्य भइरहेकाले सरकार विस्तारमा ढिलाई भएको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडिजास्टर टुरिजमको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img