HomeFeatured 2अन्तराष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा मुकुन्द

अन्तराष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा मुकुन्द

बिर्तामोड १२ कात्तिक । अन्तराष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् । समाजको चौथो अधिवेशनबाट अध्यक्षमा ढुङ्गाना निर्वाचित भएको संरक्षक दिनेश पोखरेलले जानकारी दिए । हाल अमेरिका निवासी ढुङ्गाना झापा चन्द्रगढीका हुन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाई, उपाध्यक्षमा भुपाल सिटौला, दिपक चुडाल, चूडामणि कार्की निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा माल्टामा रहँदै आएकी शर्मिला बस्नेत चयन भएकी छन् ।
त्यस्तै, समाजको महासचिवमा नविन पोखरेल दोस्रो कार्यकालका लागि सर्वसम्मत भएका छन् । बाह्रदशीका पोखरेल कतारमा वैदेशिक रोजगार सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । समाजको सचिवमा साउदी अरेबियामा बस्दै आएका रविन गिरी चयन भएका छन् ।
त्यस्तै, ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भएका छन् ।
एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यमा साउदीबाट देवीबहादुर कार्की र कतारबाट उत्तम गुरुङ चयन भएका भएका छन् ।
बाँकी रहेका कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरु कार्यसमितिको बैठकले चयन गर्ने महासचिव पोखरेलले जानकारी दिए ।
समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा स्वागत उपाध्यक्ष दिपक चुडालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए ।
समाजको बिर्तामोडमा कात्तिक ११ गते सम्पन्न चौथो महाधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको आज (आइतबार) घोषणा गरिएको हो । दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दिपक चुडाल र सञ्चालन नविन पोखरेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अन्तराष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा मुकुन्द
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img