HomeFeatured 2अपांगता भएका बालबालिकासंग भावना साट्दै शर्माको दशैं सुरु

अपांगता भएका बालबालिकासंग भावना साट्दै शर्माको दशैं सुरु

झापा ४ कात्तिक । सामाजमा चर्चा कमाउन र आफूलाई अब्बल देखाउन धेरै मानिस भड्किला काम गर्छन्। तडकभडक गरेरै भएपनि समाजमा स्थापित बन्ने सोख अधिकको हुन्छ। त्यसका लागि कोही लाखौँं दान गर्छन्, कोही त्यही अनुपातमा चन्दा दिन्छन् । वा अरु कुनै भड्किला गतिविधि।
समाजमा त्यस्ता स्थापित मानिस पनि छन्, जो हेर्दा सामान्य काम गर्छन् र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छन्। ती मध्येका एक हुन्, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। शर्मा पुरानै कर्म गर्छन्, तर नवीन ढंगले।
शर्मा सामान्य काम गरेर भावनात्मक रूपमा सबैको समीपमा पुग्न चाहान्छन्। उनी हरदम दीनदुखीका सच्चा सहयोगी बन्न रुचाउँछन्। शर्माले यसपटकको दशैँको सुरुवात नै नवीन ढंगले गरेका छन्।
व्यक्तिगत रूपमा दशैंमा मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तसँग भेटघाट गर्ने चलन नै हो िराजनीतिक दलले चियापानसँगै शुभकामना आदानप्रदान गर्ने परम्परा गर्दै आएका छन्। उहिलेदेखि नै काङ्ग्रेसले त त्यो बर्सेनी गर्दै आएको कर्म नै हो।
नेपाली काङ्ग्रेस झापा – १ काठमाडौँ सम्पर्क समिति र सो क्षेत्रका काङ्ग्रेस सांसद शर्माले यसपालि दशैँमा भिन्न काम गरेका छन् । दशैँको सुरुमै उनी सुस्त मनस्थिति र अपांगता भएका बालबालिकाको समीपमा पुगेका छन् ।
काठमाडौँको शंकरापुरमा सुस्त मनस्थिति र अपांगता संरक्षण गृह छ । सो गृहमा ५३ जना बालबालिका छन् । ती मध्ये कोही आवाजविहीन छन्। कोही उभिन सक्दैनन् । कोही व्हीलचेयरको सहारामा जीवन संघर्ष गरिरहेका छन्, कोही सुस्तमनस्थितिका छन् । शर्माले उनीहरूलाई भेटे, भावना साटे।
सांसद शर्माले सम्पर्क समितिको संयोजनमा त्यो काम गरेका हुन् । उनको तलबको केही रकम र सम्पर्क समितिका सदस्यले मिलेर ४० हजार जम्मा गरे। उनीहरूले खाद्यान्न र नगद गरी ४० हजार रुपैयाँ बराबरको सहयोग गरे। उनीहरूको यो कर्मले गृहको संरक्षणमा रहेका बालबालिकाको दशैँमा रौनकता थपिएको छ।
अपांगता भएका युवासँग शर्मा र सम्पर्क समितिले दशैँ मनाएका छन् । संरक्षणमा रहेका सहाराविहीनको दशैँको अभाव उनीहरूको यो कर्मसँगै टरेको छ। समिति र शर्माको यो काम नयाँ होइन, तर दशैँ मनाउने तरिका नयाँ हो।
शर्मा र समितिका केही व्यक्ति संरक्षण गृह पुग्दा कुनै तामझाम थिएन। न कसैको आसन ग्रहण , न भाषण। खादामालाको त कुरै थिएन। सांसद शर्मा र सम्पर्क समितिका सभापति प्रज्वल कोइराला, समितिका सीमितसदस्य त्यहाँ पुगे, आफूले लगेको सामग्री हस्तान्तरण गरे।
संरक्षण गृहमा रहेका बालबालिकालाई ढाडस दिए, भावना साटे, आवश्यक सहयोग गर्ने वचन दिए र फर्किए िगज्जबको दृश्य त सांसद शर्माले सहानुभूति दिन र सबैसँग हात मिलाउन भ्याए।
संरक्षण गृहमा विभिन्न जिल्लाका बालबालिका छन् । युवराज थापाले उनीहरूलाई संरक्षण गरेर राखेका हुन्। समाजसेवी थापा आफैँ अपांग छन् । आफू अपांग भएर पनि अरु धेरैलाई संरक्षण र सेवा गरेकोमा थापालाई सम्पर्क समितिले सम्मान समेत गरेको छ । जसले थापामा आत्मबल थपेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अपांगता भएका बालबालिकासंग भावना साट्दै शर्माको दशैं सुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img