Homeसमाचारकटुवा पेस्तोल सहित ३ जना पक्राउ

कटुवा पेस्तोल सहित ३ जना पक्राउ

बिराटनगर ४ कार्तिक । मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाही बरियातीबाट हिजो राती साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको बिआर ०६ पिए १३६२ नं. को स्कार्पियो गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको हो ।
गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परेसंगै गाडी चालक सर्लाही हरीपुर्वा–७ का २७ बर्षीय रबिन्द्रकुमार यादव र गाडीमा सवार सोही ठाउँका २० बर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला–६ का २२ बर्षीय रामदयाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कटुवा पेस्तोल सहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकटुवा पेस्तोल सहित ३ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img