Homeसमाचारएक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपकाे उपाधी झापा ११ लाई

एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपकाे उपाधी झापा ११ लाई

बिर्तामोड ३ कात्तिक । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो ।
जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर झापा ११ का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर झापा ११ का सुमन मगर, उत्कृष्ट मिडफिल्डर झापा एफसीका आयुष श्रेष्ठ, उत्कृष्ट फरवार्ड झापा ११ का बबिन बोहोरा, उच्च गोलकर्ता झापा ११ प्रदिप बुढाथोकी र उत्कृष्ट प्रशिक्षक झापा ११ का पेम्बु गुरुङ भए । उनीहरुलाई नगद ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रमणि न्यौपाने, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमा प्रतिनिधि, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच झापा ११ दुई गोलकर्ता बबिन बोहोरा भए । उनले नगद तीन हजार प्राप्त गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको थियो । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपकाे उपाधी झापा ११ लाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img