बिर्तामोड ३ कात्तिक । सहारा नेपालले विभिन्न कार्यक्रमसहित २८ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । बिर्तामोड २ स्थित चारपानेमा केन्द्रीय कार्यालय रहेको संस्थाले व्यक्ति सम्मान, विद्यालयलाई आर्थिक सहयोग गदैं बार्षिकोत्सव मनाएको हो ।
देशभर कार्यक्रम सञ्चालनको आधिकारिता पाएको सहारा नेपालले ३४ वटा जिल्लामा विभिन्न कार्यक्रम गरेको संस्थाले ६६ वटा परियोजना सम्पन्न गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले बताए ।
जस अन्तरगत जलवायु परिर्वतन, सामुदायिक स्वास्थ्य तथा सरसफाई, विपन्न वर्गलाई आवास, स्वरोजगार तथा उद्यमशीलता, जिविकोपार्जन, सौर्यउर्जा, सरकारसंग साझेदारी, वित्तीय पहुँच, संस्थागत विकासका लागि सामाजिक व्यवसाय, कृषिको दिगो विकास लगायतका योजनाहरुमा रहेर ६६ वटा परियोजना सम्पन्न गरिसकेको गिरीले बताए ।
कार्यक्रमकाबीच ह्याविट्याड फर ह्युमानिटीलाई सम्मान गरिएको छ । त्यस्तै एक्सन अगेन्स एसीएफकी नेपालका लागि कन्टी डाइरेक्टर ओजश्वी आचार्य, उत्कृष्ठ कर्मचारी दिपक लेखी, संस्था स्थापनामा संस्थामा आवद्ध सुनिता हास्दालाई सम्मा गरिएको थियो ।
राष्टिय सभा सदस्य गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष श्याम कुमार प्रधानले गरेको कार्यक्रम सञ्चाल कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले गरेका थिए ।
कार्यक्रममा विशेष कक्षा सञ्चालन गर्ने दुई वटा विद्यालयलाई नगद सहयोग गरिएको छ । बिर्तामोड ९ मा रहेको गरामनीस्थित दुर्गा मावि र कनकाई ८ मा रहेको हिमाली माविलाई नगद २५ हजार सहयोग गरिएको छ । यसैबीच संस्थाले वडा दशैंको अवसरमा शुभकामना आदनप्रदान गरेको थियो । सहारा साकोस शिक्षा सदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच भरतकुमार गिरीको नेतृत्वमा सर्वसम्मत निर्वाचित संस्थाको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचन समिति संयोजक दिपेन्द् भट्टाईले प्रमाणपत्र प्रदान गरेका थिए ।
भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य गोपालकुमार बस्नेत, विशेष अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, गैह्र सरकारी महासंघका महासचिव अर्जुन भट्टराई, ओजस्वी आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहाराको २८ औं बार्षिकोत्सव सम्पन्न स्कूललाई सहयोग र सम्मान

































































































