बिर्तामोड ३ कात्तिक । नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले सबै जाति, भाषी र संस्कृतिको सम्मान गर्ने काङ्ग्रेसको नीति रहेको बताउँदै एक आपसमा मिलेर सबै चाड पर्वहरु मनाउन अपिल गरेका छन् ।
नेपाल विद्यार्थी संघ झापाद्वारा आयोजित बडा दशै टीका, आशिर्वाद र दक्षिणा बिषयक शुभकामना कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा जिल्ला पार्टी कार्यलयमा सम्बोधन गर्दै थेवेले बहुभाषिक, बहु सांस्कृतिक मुलुक भएको हुँदा सबै मिलेर सबैको संस्कारमा रमाउन सक्नुपर्नेमा जोड दिएका हुन् ।
जिल्ला पार्टी सचिव कृष्ण हुमागाँई, काङ्ग्रेस झापा २ न क्षेत्रीय सभापती खगेन्द्र मैनाली, नेबिसंघ केन्द्रीय सदस्य नारायण नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा काङ्ग्रेस सभापती थेवेले सबै सभागीलाई दहिमा मुछेको रातो अक्षता लगाई दिएका थिए भने सचिव हुमागाईले दक्षिणा, खगेन्द्र मैनाली र भोजराज सिटौलाले फुल अक्षता प्रदान गरेका थिए । नेबिसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको सो कार्यक्रममा विशाल सिटौलाले स्वागत गरेको कार्यक्रम संचालन गोकुल पौडेलले गरेका थिए ।
सबै संस्कृतिको सम्मान काङ्ग्रेसको चाहना

































































































