भद्रपुर २ कात्तिक । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहद कविता गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कोशी प्रदेशका अग्रज कविहरू सहभागी भइ गोष्ठी सम्पन्न गरिएको हो ।
गोष्ठीमा भद्रपुर नगरपालिका भित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिष्पर्धात्मक कविता वाचन गरेका थिए भने नगरका, जिल्लाका र बाहिरी जिल्लाका दुई दर्जन बढी कविहरूले मन छुने कविता प्रस्तुत गरेका थिए ।
कवितामा देश दुखेको, सिमाना मिचिएको, परदेशिनु परेको पीडा, मृतृत्व भावको खोजी, पिताको दायित्व र राजनीतिको विकृतिमाथिको प्रहार जस्ता पक्षलाई शसक्त भाव बनाएर कविता प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टाई अर्याल, मुनाराज शेर्मा लगायत झापा तथा कोशी प्रदेशका स्थापित कविहरूले आ—आफ्ना कविता प्र्रस्तुत गरेका थिए ।
झर्रोवादका संस्थापक सदस्य एवम् भाषासेवी चुडामणि रेग्मीलाई अभिनन्दन गरिएको कार्यक्रमको शब्दद्वारा स्वागत प्रतिष्ठानकी कोषध्यक्ष धनमाया खरेल लता तथा गीत मार्फत डा. कुमार पौडेल, निरज पोखरेल र पवित्रा ओलीले गरेका थिए भने उपाध्यक्ष खगेन्द्रा खुसी र सचिव डिल्लीरमण नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।
भद्रपुर कला साहित्य प्रतिष्ठानको बृहद कविता गोष्ठी सम्पन्न

































































































