बिर्तामोड २ कात्तिक । बडादशैंको अवसर पारेर बिर्तामोडमा अवस्थित सप्तक सांगितीक विद्यालयमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता तथा डा. कुमार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साँंस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
अतिथिहरु कलाकारहरु मेरो भ्वाइस यूनिभर्सका प्रितम राई, प्रितम आचार्य, रिजन डाँगी, अनर्ब वन लगायतका कलाकारको विशेष सहभागिता रहेको कार्यक्रममा सप्तक सांगितीक विद्यालयमा संगीत सिकिरहेका बालबालिकाले प्रस्तुती दिएका थिए ।
रक्षक तिम्सिना र सनम खतिवडा (राजा)ले सञ्चालन गरेको कार्यक्रममा स्वागत सरोज वत्स (दाहाल)ले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई लगायतले शुभकामना राखेका थिए ।
२०७६ सालमा स्थापित सप्तक संगीत विद्यालयमा शास्त्रीय तथा उपशास्त्रीय गायन, हार्मोनियम, क्लासिक डान्स, आधुनिक एवम् लोक गायन, तबला, कल्चरल डान्स,गीत गजल, भजन, गिटार, हिप्हप, गीत कम्पोज, किर्बोड, जुम्बा, उद्घोषण तालिम, मादल, योगासन, रियालिटी शो लगायतका विशेष कक्षा सञ्चालन हुँदै आएको उक्त विद्यालयमा एकसयजना भन्दा बढी विद्यार्थी संगीत सिकिरहेको डा. सुवेदीले जानकारी दिए ।
सप्तक संगीत विद्यालयमा शुभकामना आदान–प्रदानसहित विशेष कार्यक्रम

































































































