बिर्तामोड १ कात्तिक । लायन्स क्लब अफ बिर्तामोड लेडीले दृष्टि विहिनहरुलाई सेतो छडी वितरण गरेको छ ।
बिर्तामोडस्थित अपाङ्गता स्वाबलम्बन संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दृष्टि बिहिनलाई छडी वितरण गरेको हो ।
लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीको अध्यक्षता तथा लायन्सका डिष्ट्रिक को–अर्डिनेटर लीला चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चिमिरयाले लायन्सले सामाजिक तथा सेवाका क्षेत्रमा काम गर्ने जानकारी दिंदै ठूलो सहयोग गर्न नसकेपनि दैनिक जीवनयापनका लागि सहजीकरण भने गर्दै आएको बताए ।
स्वागत तथा औचित्यमाथि क्लवकी अध्यक्ष ओलीले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि चिमरिया, क्लबकी निवर्तमान अध्यक्ष नम्रता रिजाल ढकाल, पूर्व अध्यक्ष उर्मिला विमली खरेल, अपाङ्गता स्वबलम्बन संस्थाका अध्यक्ष दिपक थापा, सुमन थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लायन्स लेडी बिर्तामोडद्वारा दृष्टिबिहिनलाई सेतो छडी वितरण

































































































