Homeसमाचारपालिकाको आ–आफ्नै नीतिका कारण माछा ब्यापारमा समस्या

पालिकाको आ–आफ्नै नीतिका कारण माछा ब्यापारमा समस्या

बिर्तामोड २९ असोज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संघ, प्रदेश र स्थानीय तहको बेग्लाबेग्लै नीतिका कारण माछा ब्यापारमा समस्या देखिएको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल माछा ब्यापार श्रमिक संघ झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै सभापति थेवेले क्वारेन्टाइनबाट ल्याव परीक्षण गरेर आयात गरिएका खानयोग्य माछा बेच्न संघीय कानूनले नछेक्ने भएपनि कतिपय पालिकाले त्यस विपरित नीति बनाउँदा माछा ब्यापारमा समस्या देखिएको बताएका हुन्।
माछा ब्यापारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुहुँदै सभापति थेवेले संगठित हुन र पालिका तहमा देखिएका समस्या समाधानका लागि पार्टीका तहगत संरचनासँग समन्वयमा रहन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीले माछा ब्यवसायीहरु एकजुट नहुँदा केही पालिकामा क्वारेन्टाइन परीक्षण प्रमाणपत्र प्राप्त माछा ब्यापारमा समेत समस्या देखिएको बताए । संगठित रुपमा समस्या समाधानमा लाग्न आह्वान गर्दै अध्यक्ष अधिकारीले सहजीकरणमा सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा विर्तामोड नगर सभापति भोजराज सिटौलाले नेपाल सरकारको कानून विपरित विर्तामोड नगरपालिकाले कानून बनाउँदा उपभोक्ताले आफ्नो रोजाइको माछा खान भारत वा अर्कै जिल्लामा जानुपर्ने बाध्यता रहेको बताउँदै त्यसको अन्त्य गर्न नगरपालिकालाई उनले आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष गंगाराम ओडारी, नेपाल कृषि श्रमिक संघ झापाका अध्यक्ष दीपक काफ्ले, इन्दु पूर्वेली लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा शेरबहादुर राईले स्वागत गरेका थिए ।
अधिवेशनले अर्जुन सहनीको नेतृत्वमा नयाँ समिति गठन गरेको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा शान्तिदेवी मुखिया, सचिवमा मोहन शाह, सहसचिवमा शेरबहादुर राई, कोषाध्यक्षमा मेघु राय चयन भएका छन् । समितिका सदस्यहरुमा राजु सहनी, शंकर सहनी, विमला राजवंशी, सुनिता सहनी र मुक्ति माझीलाई चयन भएका छन् । अधिवेशनले पूर्व अध्यक्षहरु छेदी सहनी र सोनालाल शाहलाई सल्लाहकारमा चयन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपालिकाको आ–आफ्नै नीतिका कारण माछा ब्यापारमा समस्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img