Homeसमाचारभण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन

भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन

बिर्तामोड २७ असोज । पत्रकार सुरेन्द्र भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन गरिएको छ ।
अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित र एकरुपता दिँदै सूचना प्रवाह गर्ने उद्देश्यका साथ बिर्तामोडमा शनिवार भएको भेलाले भण्डारीको संयोजकत्वमा ‘अनलाईन पत्रकार मञ्च झापा’ गठन गर्ने निर्णय गरेको हो ।
पूर्बाञ्चल दैनिकका सह सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य हुन् ।
झापाका सबै अनलाईनहरुलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने उद्देश्यका साथ दुई महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य लीलाराज झापाली सहित पत्रकार विनोद पाण्डे, नरेन्द्र ढकाल, उद्धव पुरी, राम प्रसाद निरौला, सन्तोष न्यौपाने, केशव चापागाई, राजन साम्पाङ्ग, जनक न्यौपाने र मनोज तिवारी रहेका छन् ।
अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रपत्रिका सरह अनलाई सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईनु पर्ने, स्थानीय तहले एजेन्सी मार्फत उपलब्ध गराउने विज्ञापन झापाका सबै ‘अनलाईन मिडिया’लाई स्थानीय तहले नै समानुपातिक रुपमा वितरण गर्नु पर्ने भन्दै संयोजक भण्डारीले अनलाईन सञ्चार माध्यमलाई भरपर्दाे र विश्वसनीय बनाउँदै सबै पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न मञ्चले भूमिका निर्वाह गर्ने बताए । संयोजक भण्डारीले मञ्चले आगामी दिनमा सबै क्षेत्र र भूगोल समेट्दै सबैले अपनत्व महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img