HomeFeatured 2सनसाईनको १० औं साधारणसभा तथा पद हस्तान्तरण

सनसाईनको १० औं साधारणसभा तथा पद हस्तान्तरण

भद्रपुर २७ असोज । सनसाईन बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ झापाका सदस्य भलाकाजी कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सहकारीका विभिन्न ईकाईबाट प्राप्त सुझाव समेटिएको निर्णय पुस्तिका सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कठायतले राज्यले गरीब दुःखी जनतबाट अत्याधिक कर अशुल्ने प्रवृतिले विपन्नलाई थप पीडा दिने गरेको बताए ।
नियामक निकाय मौन रहदा सहकारी धरासायी हुने गरेको बताउदै संचालकहरु सचेत भएर सहकारीहरुको बृद्दि विकासमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरु विनिता सुवेदी र पुनम राजवंशीलाई नगद सहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सो अवसरमा यहि असोज १९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँँ कार्य समितिका अध्यक्ष बालकृष्ण बास्तोला नेतृत्वको समितिलाई पद हस्तान्तरण समेत गरिएको थियो ।
रिजालको अध्यक्षतामा सम्पन्न सभामा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन सदस्य टीका प्रसाद दाहाल र स्वागत मन्तव्य टीका लुईटेलले गरेका थिए । कार्यक्रममा प्रतिनिधिमुलक रुपमा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सनसाईनको १० औं साधारणसभा तथा पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img