Homeमहिलाफ्लेवरले मन तान्दा उद्योग नै स्थापना

फ्लेवरले मन तान्दा उद्योग नै स्थापना

लामो समयसम्म सरकारी निकायमा सेवा गरेका ब्यक्तिहरुको साझा चिन्ता हुन्छ–अवकाशपछिको जीवन के गर्ने ? अनि अवकाश पाउने समय हुँदै गएपछि आ–आफ्नो स्वभाव अनुसारको कर्म छनौट पनि गर्छन्–आम मान्छेले । कि न कि विहान र साँझ घरको दैनिकी अनि दिनभर जागिर संहालिरहेका मानिसहरुलाई अवकाशपछि दिनभर घरमै बसेर विताउन निकै असहज हुन्छ । तसर्थ समाजसेवा, ब्यवसाय, अध्यात्म, पढाई वा जीवनको उत्तराद्र्धतिर जीवन भोगाइ र समाज परिवर्तनका लागि लेखन ।
यी यावत विकल्पहरुमध्ये झापा भद्रपुरकी शर्मिला अधिकारीले भने ब्यवसाय छान्नुभएको छ । भद्रपुरकै शारदा नि.मा.वि. र गौतमबुद्ध विद्यालयमा गरी २८ बर्षसम्म निरन्तर प्राध्यापन पेशा अंगाल्नुभएकी अधिकारीले अवकाशपछिको जीवन ब्यवसायमा लगाउने निष्कर्षसहित हियान फुड इण्डष्टिूज प्रा.लि. स्थापना गर्नुभएको छ । मुख्य गरी पौष्टिक आहार मानिने मकै र मकैबाट बन्ने परिकारहरु बजारमा ल्याउने उद्देश्यले स्थापित उद्योग सञ्चालनमा मुख्य गरी अनिता अधिकारी र प्रकाश प्रसाईले साथ दिइरहनुभएको छ उहाँलाई ।
छ जना दाजुभाई दिदीबहिनीमध्येकी कान्छी शर्मिला सानैदेखि केही न केही गरिरहन मन पराउनुहुन्थ्यो रे । ‘रुची सानैमा हुन्छ क्यार,– उहाँले भन्नुभयो–‘म सानामा पनि फूलको थुङ्गा बनाएर पसल–पसलमा दिन्थे । केही न केही गरिरहँु लाग्थ्यो ।’ अध्ययनकै क्रममा अध्यापनतर्फ होमिनुभएकी शर्मिला १० देखि ४ बजेसम्म सरकारी सेवामा रहेर पनि राजनीति र समाजसेवामा सक्रिय र परिचित नाम हो–जिल्लाका लागि । शिक्षण पेशामा रहँदैदेखि नेपाल शिक्षक संघमा आबद्ध हुनुभएकी उहाँले अहिले नेपाल महिला संघ–३ नं क्षेत्रीय सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ ।
सरकारी सेवाकै क्रममा लगभग दुईबर्ष अघि भ्रमणमा जाने क्रममा आफूले प्रयोग गरेका विभिन्न तयारी खाना मध्ये मकैको फ्लेवरले मन तान्यो रे उहाँको । ‘टेष्ट पनि मिठो, हेल्दी पनि लाग्यो, प्याकेजिङ गरिएका खानामध्ये अरुको तुलनामा यो हेल्दी हुन्छ’–मकैका फ्लेवरबारे जानकारी दिदै उहाँले भन्नुभयो–‘मकै जति पौष्टिक छ, त्यति नै स्वादिलो र सबैको मन पर्ने खाना पनि हो ।’
हियान फूड इण्डष्ट्रिजमार्फत मकैका फ्लेवरमध्ये हिमालय लायम चिल्ली, चिजी बटरफ्लाई, क्यारेमल डिलाइट र नन्दभाउजु सातु बजारमा निकालिसकेका शर्मिला र अनिताले निकट भविष्यमा चिजी बटर फ्लाई, मिसेस पपकन, क्यारेमल डिलाइट लगायत मकैका सबै परिकारर आलुचिप्स, कुरमुरे र अन्य स्न्याक्स आइटमसमेत बजारमा ल्याउने योजना बनाएको बताउनुभयो ।


लगभग एकबर्षयता उद्योग स्थापनाको कार्य शुरु गरेका उहाँहरुले गत भदौबाट आफ्नो उत्पादन बजारमा ल्याउनुभएको हो । लगभग ७० लाखको लागतमा स्थापित उक्त उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेका छन् । प्रतिदिन तीनसय के.जी. मकैका विभिन्न परिकार बनाउने क्षमता रहेको उद्योगले हाल बजारको माग बमोजिम लगभग डेढसय के.जी उत्पादन गरिरहेको बजार ब्यवस्थापक प्रकाश प्रसाईले जानकारी दिनुभयो ।
‘प्याकेजिङ आइटम भनेपछि ब्यापारीहरुले शुरुशुरुमा लिन केही हिच्किचाउनु भयो,–आफ्नो अनुभव सुनाउँदै प्रसाईले भन्नुभयो–‘इलाम पाँचथर लगायतका कतिपय स्थानमा त हामीले प्याकेट च्यातेर टेष्ट गर्न पनि भन्यौ, टेष्ट गर्नुस् राम्रो लागे राख्नुस् नभए नराख्नुस् भनेर टेष्ट गराएपछि उहाँहरु आकर्षित हुनुभयो ।’ हाल डिमाण्डका आधारमा प्रोडक्सन गरिरहेको बताउँदै उहाँले नेपालभर प्रचार(प्रसार र मार्केटिङपछि उत्पादन बढाइने बताउनुभयो ।
पूर्वका बजारमै पपकन आइटम नभएको भन्दै शर्मिलाले यसको बजारीकरणलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा पनि पु¥याउने योजना रहेको बताउनुभयो ।
त्यसो त दिल्लीमा एम.वि.ए. अध्ययनको तयारीमा रहेकी छोरी आकांक्षासागर झाले पनि उहाँलाई अनलाईनमार्फत मार्केटिङमा सहयोग गरिरहेकी छन् भने श्रीमान प्रा.डा. अखिलेशकुमार झाको पनि उत्तिकै सहयोग छ ।
चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्था भानुनगरमा कर्मचारीको रुपमा कार्यरत अनिता अधिकारी पनि आफैंले केही गरौं भन्ने सोचका कारण शर्मिलासँग सहकार्यसँगै ब्यवसायमा जोडिनुभएको हो । ‘आफ्नै गर्दा बेग्लै आनन्द हुदोरहेछ, मेरै हो भनेर हिडिदोरहेछ, आफैले गर्नुपर्छ भन्ने अपनत्वबोध पनि हुदोरहेछ’–उहाँले भन्नुभयो–‘अहिले गौरव लागेको छ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाफ्लेवरले मन तान्दा उद्योग नै स्थापना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img