Homeसमाचारएमरेल्ड एकाडेमीमा विविध कार्यक्रम सम्पन्न

एमरेल्ड एकाडेमीमा विविध कार्यक्रम सम्पन्न

भद्रपुर २२ असोज । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीमा वडा दशैं २०८० को अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । एमरेल्ड एकाडमी कक्षा १२ को आयोजनामा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले शैक्षिक गतिविधि प्रस्तुत गर्दै बालमैत्री वातावरणमा उत्कृष्ट शिक्षण सेवा प्रवाह गरिरहेको प्रष्ट पारेको कार्यक्रममा कक्षा १२ की छात्रा दीक्षा गुरूङले स्वागत गरेकी थिइन् भने शिक्षक वेदप्रकाश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यालयका पूर्व विद्यार्थी आरोग्य तिम्सेना लगायतले धारणा राख्दै एमरेल्ड एकाडमीले भद्रपुरमा रहेर झापाको गुणस्तरीय शिक्षणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कक्षा ११ र १२ मा अध्ययनरत छात्र छात्राले गायन तथा विभिन्न जातीय संस्कृति झल्कने नृत्य समेत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमरेल्ड एकाडेमीमा विविध कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img