HomeFeatured 2यक्सो समाजको नेतृत्वमा काजीमान

यक्सो समाजको नेतृत्वमा काजीमान

बिर्तामोड २१ असोज । यक्सो समाज नेपालको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले काजीमान यक्सो (टाङहिम्बा)को अध्यक्षतामा तदर्थ समितिकोे १७ सदस्यीय तदर्थ जिल्ला कार्यसमिति गठन गरेको छ ।
२०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा गत साउन ११ गते यक्सो समाज नेपाल नामको संस्था दर्ता गरेको थियोे। संस्थाको आज सम्पन्न बार्षिक साधारणसभा आयोजना गरिएको हो ।
नेपाल तथा विश्वका अन्य मुलुकहरुमा विभिन्न पेशा व्यवसाय गरी बसोबास रहेका यक्सो वंशको उत्थान एवम् सामाजिक पहिचान स्थापित गर्न यक्सो समाज नेपालको स्थापना गरिएको जनाइएको छ । वंश समाजलाई सशक्त र क्रियाशील बनाएर आफ्नो भाषा, लिपी, संस्कृति संरक्षण गर्ने एवम् एकापसमा सहयोग आदान प्रदान गर्ने यक्सो समाजको उद्देश्य रहेको साधारणसभामा अध्यक्ष काजीमानद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
समाजका महासचिव कुमार यक्सोको सञ्चालन तथा यक्सो वंशका अगुवा धनबहादुर यक्सोको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षले पेश गरेकोे ७ बुँदे प्रस्ताव पारित गरेको बताइएको छ ।
जस अनुसार अध्यक्षमा काजीमान, उपाध्यक्षद्वय तिलबिक्रम र देवेन्द्र, महासचिवमा कुमार, सचिवमा नवराज तथा कोषाध्यक्षमा सिता लिम्बूलाई सर्वसम्मत चयन गरेको छ ।
समितिको सदस्यहरुमा अमृत, दिलकुमारी, शिवमाया सुब्बा, मनकुमारी यक्सो, धनराज, तेज, लक्ष्मी, किरण र मनिष यक्सो सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले आजै सपथग्रहण समेत गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2यक्सो समाजको नेतृत्वमा काजीमान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img