HomeFeatured 2नारी सञ्चार गृहकाे ११ ओै बार्षिक साधारणसभा सम्पन्न

नारी सञ्चार गृहकाे ११ ओै बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड २० असाेज । झापाका महिला पत्रकारहरूकाे साझा संस्था नारी सञ्चार गृह झापाकाे ११ अाै बार्षिक साधारणसभा आज सम्पन्न भएकाे छ
संस्थाकाे बिर्तामाेडस्थित आफ्नै कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा संस्थाकाे बार्षिक गतिविधी समेटिएकाे प्रतिवेदन सहसचिव जाेस्ना श्रेष्ठले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष स्वस्तिका आचार्यले प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाकाे विधान संसाेधन मस्यौदा समितिले विधान संसाेधनका लागि तयार पारेकाे विधानकाे मस्याैदा विधान संसाेधन समितिका संयाेजक तथा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रस्तुत गरेकी थिइन ।
साधारणसभाले प्रस्तुत संस्थागत, आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिले प्रस्तुत गरेकाे विधानकाेे मस्यौदा साधारणसभाले पास गरेकाे कार्यक्रम संयाेजक दिपा पाेखरेलले जानकारी दिइन ।
संस्थाका अध्यक्ष रेजिना गाैतमकाे अध्यक्षता र उपस्थित संस्थापकहरूकाे सामुहिक आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष दाहाल, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी, संस्थापक सदस्यहरू भवानी क्षेत्री, इन्दु पूर्वेलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव मायामितु न्याैपानेले गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नारी सञ्चार गृहकाे ११ ओै बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img