बिर्तामोड ११ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गर्नु भएको छ ।
तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसर पारेर ४० हजार लागतमा निर्माण गरिएको ४ वटा फलामे बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई हस्तान्तरण गरेका हुन्।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताए । सामाग्री ग्रहण गर्दै नगर उप प्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहाँकी धर्मपत्नी टिकादेवी तिम्सिनाको दीर्घ जीवनको कामना गरे ।
फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको छ । बेन्च हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरअस्पतालमा दैनिक बालरोजग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा लगायतका सेवा उपलव्ध छन् ।
जन्म दिनमा तिम्सिना दम्पत्तीद्वारा नगर अस्पताललाई बेन्च प्रदान

































































































