Homeसमाचारगुरुकुलको बिकास र दरबन्दीका लागि पहल गर्ने सभामुख घिमिरेको आश्वासन

गुरुकुलको बिकास र दरबन्दीका लागि पहल गर्ने सभामुख घिमिरेको आश्वासन

कालीस्थान ९ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन भ्रमणका क्रममा सभामुख घिमिरेले जनसहभागिता र सरकारको संयुक्त पहलमा कालिकापीठलाई धार्मिक पर्यटकीय स्थलका रुपमा पीठको बिकास गरिनुपर्ने बताए।
निजी पहलबाट पीठको बिकासमा भएको कामको प्रशंसा गर्दै सभामुख घिमिरेले गुरुकुलको बिकासका लागि दरबन्दी प्रदान गर्ने लगायतका बिषयमा आवश्यक पहल गर्ने आश्वासन दिए ।
आफू कार्यकारी भूमिकामा नरहेपनि यही क्षेत्रको सांसद भएको उल्लेख गर्दै बिकासका लागि पहल गर्ने बताए । कार्यक्रममा पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले पीठमा हालसम्म गरिएका काम र भावी योजनाका बारेमा जानकारी गराए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगुरुकुलको बिकास र दरबन्दीका लागि पहल गर्ने सभामुख घिमिरेको आश्वासन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img