HomeFeatured 2विद्यालय बन्द गरे कारवाही गर्ने फुङलिङ नगरपालिकाको चेतावनी

विद्यालय बन्द गरे कारवाही गर्ने फुङलिङ नगरपालिकाको चेतावनी

ताप्लेजुङ ५ असोज । आन्दोलनका नाममा विद्यालय बन्द गरिए कानून बमोजिम कारवाही गर्ने फुङलिङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु कानून बमोजिम सम्बन्धित निकाय समक्ष राख्न सकिने भएकाले बालबालिकाको शिक्षण शिकाईमा उत्पन्न हुने गरि विद्यालय बन्द हड्ताल गर्ने कार्य कदापी स्वीकार्य नहुने जनाएको छ ।


शिक्षकका पेशागत बृत्ति विकासका लागि माग राख्ने विधि र प्रक्रियाको मार्ग प्रशस्त रहेको सुझाउँदै नगरपालिका भित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकार हनन् गरेमा प्रचलिन कानून बमोजिम कारवाही गरिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
नगरपालिकाका मेयर अमिर मादेनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ–‘ विद्यालयमा पठनपाठन बन्द हुँदा विद्यार्थीहरुको शिक्षा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पर्न जाने, विद्यालयको शैक्षिक गुणस्तर खस्किनुका साथै विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा भएको व्यवस्था विपरित हुने भएकाले कुनै पनि आन्दोलनको नाममा विद्यालय बन्द गर्न नहुने कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विद्यालय बन्द गरे कारवाही गर्ने फुङलिङ नगरपालिकाको चेतावनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img