Homeसमाचारपूर्व प्रहरीहरुलाई सक्रिय भएर सूचनाको स्रोतको रुपमा काम गर्न रेग्मीको आग्रह

पूर्व प्रहरीहरुलाई सक्रिय भएर सूचनाको स्रोतको रुपमा काम गर्न रेग्मीको आग्रह

भद्रपुर ५ असोज । नेपाल पूर्व प्रहरी संगठन भद्रपुर नगर समितिको तेस्रो बार्षिक साधारण सभा भद्रपुरमा सम्पन्न भएको छ । भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बाको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नगर कार्य समितिका अध्यक्ष ढाकालाल अधिकारीले समितिले अहिलेसम्म गरेका काम कर्तव्य र भावी नीतिहरुका बारेमा अवगत गराएका थिए । कार्यक्रममा झापाका प्रमुख दुर्गाराज रेग्मीले संगठन सदस्यहरुले जिल्लाको शान्ति सुरक्षामा सक्रिय भएर सूचनाको श्रोतको रुपमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रहरी उपरिक्षक रेग्मीलाई स्वागत सहित ढाका टोपीद्वारा सम्मान गरिएको थियो भने जेष्ठ सदस्य कालीप्रसाद घिमिरे, एकल जेष्ठ सदस्य टिकादेवी पौडेल र द्वन्द्व पीडित ज्ञानुमाया गिरीलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि सुब्बा, संगठन झापा अध्यक्ष खड्गबहादुर खड्का , भुतपूर्व सैनिक संघ झापाका सदस्य खड्गबहादुर बुढाथोकी, संगठन कोशी प्रदेश सचिव देविभक्त आचार्य,संगठन मेचीनगर कार्य समिति अध्यक्ष अमिन अलि शेष, निवृत्त राष्ट्र सेवक समाज भद्रपुरका अध्यक्ष मुक्तिनाथ दाहाल लगायतले मन्तव्य राखेका थिए। समितिका सचिव केदारबहादुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रमा अधिकारी चुडालले गरेकी थिइन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपूर्व प्रहरीहरुलाई सक्रिय भएर सूचनाको स्रोतको रुपमा काम गर्न रेग्मीको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img