Homeसमाचारबिर्तामोडमा सुरक्षित भवन निर्माण सम्बन्धी तालिम शुरु

बिर्तामोडमा सुरक्षित भवन निर्माण सम्बन्धी तालिम शुरु

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताउँदै कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उहाँले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गरिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राखिन । उहाँले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमा समेत सुक्ष्म तरिकाले हेर्न आग्रह गरिन्। कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गरिन्।
तालिममा विशेषगरी भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
आज देखि ६ दिन सञ्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ्ग, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन संग्रौलाको पनि उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा सुरक्षित भवन निर्माण सम्बन्धी तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img