HomeFeatured 2बिर्तामोड नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा निर्जला प्रथम

बिर्तामोड नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा निर्जला प्रथम

बिर्तामोड २९ भदौ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । ५९ औँ राष्ट्रिय वाल दिवसका अवसरमा शुक्रबार नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शिर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्रा आचार्य प्रथम भएकी हुन् । प्रतियोगितामा तक्षशिला एजुकेशन फाउण्डेसनको कक्षा ९ मा अध्ययनरत छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतीय र ईडेन गार्डेन आवसीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहारा सान्तवना भएका छन् ।
प्रतियोगिताका विजेताहरुले क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजाररुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरे । विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकाश शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मीला राजवंशी र लक्ष्मिा खतिवडाको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सुनिश्चित भविश्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताए । उनले कक्षा १२ उतीर्ण हुने वित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राखे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा निर्जला प्रथम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img