Homeसमाचारसंसद बन्धक बनाई राखे सडकमा बोल्न बाध्य हुने रास्वपाको चेतावनी

संसद बन्धक बनाई राखे सडकमा बोल्न बाध्य हुने रास्वपाको चेतावनी

बिर्तामोड । जनताको आवाज बोल्ने ठाउँ संसदलाई बन्दक नबनाउन रराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रविसहितका नेताले चेतावनी दिएका छन् ।
बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै रास्वपाका नेताहरुले संसदमा पुरानो शक्ति रहेसम्म राजनीतिक खिचातानी जारी रहने धारणा राखे ।
अहिले सार्वजनिक भएका तीनवटा भ्रष्टाचारका फायललाई आँट गरेर अनुसन्धान गरे संसदमा रहेको पुरानो शक्तिका धेरै नेताहरु जेल पर्ने रास्वपाका अध्यक्ष लामिछानेले दावी गरे । भ्रष्टाचारका फायल खोल्ने वित्तिकै पुराना शक्तिका तीन÷चार नेताहरु एक ठाउँमा हुने बताउँदै अध्यक्ष लामिछानेले भने–‘अघिपछि नाम लिंदा पनि मुख कुल्ला गर्नुपर्छ भन्ने नेताहरु भ्रष्टाचारको फायल खोल्ने वित्तिकै एकै ठाउँ हुन्छन् यसका तारतम्य बुझ्न सकिराखेको छैन ।’
३२ वर्षसम्म भ्रष्टाचार गरेका दलका नेताहरुलाई अबको चार वर्ष भ्रष्टाचार लुकाउनमै ठिक्क हुने बताउँदै आउँदो चारवर्ष पनि देश र नागरिकका पक्षमा केही पनि हुन नसक्ने बताए । राजनीतिलाई आफन्त पाल्ने र पोस्ने गलत कार्यको अन्त्य गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष लामिछानेले त्यसका लागि २०८४ मा राजनीतिक हरितन्नमलाई सर्कसमा जस्तो गरी पाखा लगाउनु पर्ने बताए ।
निरन्तर राजनीतिलाई कमाई खाने भाँडो बनाउने शक्तिलाई रित्तो नबनाएसम्म रोजगारी र विकासको बाटो नखुल्ने उनको भनाई थियो । राजनीतिको गलत प्रयोग गरेर भएको भ्रष्टाचारका बारेमा आफ्नो पार्टी नेतृत्वका सरकार आएपछि हिसाब खोजेरै छाड्ने लामिछानेले बताए ।
केन्द्रीय सदस्य रमेश प्रसाईले रास्वपालाई अमेरिका संग जोडेको भन्दै आपत्ती जनाउँदै कार्लमाक्स र लेलिन कुन देशका हुन् भन्दै प्रश्न गरे । रास्वपाले कार्यकर्ता प्रशिक्षणमा शुल्क लिएको खिचीट्युरी गर्नेहरुलाई जवाफ फर्काउँदै भने–‘के हामीले पनि ललिता निवास बेचेर पार्टी चलाउनु पर्ने ?’
महामन्त्री मुकुल ढकालले रास्वपाले जनताको आवाज उठायो भनेर संसद अवरुद्ध पारेको आरोप लगाउँदै भने संसदलाई बन्दक बनाई राखे सडकमा आएर बोल्न बाध्य हुने चेतावनी दिए ।
प्रमुख सचेतक सन्तोष परियारले इतिहासको कालखण्डमा व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दलहरुले संभावना भएर पनि राजनीतिक बेतिथिका कारण विकास हुन नसकेको बताउँदै अब देशको विकास गर्न नयाँ शक्तिका रुपमा रास्वपा आएको दावी गरे ।
झापाबाट समानुपातिक सांसद निशा डाँगीले आफूले झापाली जनताको शिर सदैव उँचो राख्ने बताउँदै जनताको आवाज उठाइरहने प्रतिवद्धता जनाइन । उमेरमा सानो भएपनि राजनीतिक चेत आफूमा रहेको बताउँदै संसदमा गर्ने काम सबैको बराबरी भएको स्पष्ट पारिन ।
मनिस झाले आफूहरु कसैको विरोध गरेर राजनीति गर्न आएको नभइ अवसर पाए रणनीतिक रूपमा के गर्न सक्छौ भन्ने कुरालाई विचार गर्न अनुरोध गरे । देशका लागि कस्तो राजनीति आवश्यक छ भन्ने कुरामा झापा जस्तो सचेत जिल्लाले बुझ्नुपर्ने उनको भनाई थियो ।
त्यसैगरी अशोक चौधरीले रास्वपा नवीन आशा बोकेको शक्तिका रुपमा उदाएको बताउँदै देशमा विकाश र शुसासन ल्याउनु, भ्रष्टाचारप्रति शून्य सहनशीलता मिसन भएको स्पष्ट पारे । रास्वपा शुसासनको स्थापना गर्दै कुशासन विरूद्व लड्ने पार्टीका रुपमा बुझन् जनतालाई आग्रह गरे ।
कार्यक्रम रास्वपा विर्तामोड नगर अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंसद बन्धक बनाई राखे सडकमा बोल्न बाध्य हुने रास्वपाको चेतावनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img