Homeसमाचारबैदेशिक रोजगारीका लागि ओमन हिडेकी अर्जुनधारा–६ की कमला इराकमा बेचिएको खुलासा (भिडियोसहित)

बैदेशिक रोजगारीका लागि ओमन हिडेकी अर्जुनधारा–६ की कमला इराकमा बेचिएको खुलासा (भिडियोसहित)

रेजिना गौतम
बिर्तामोड ।
बैदेशिक रोजागारीको सिलसिलामा तीन वर्षअघि ओमन जान भनेर घरबाट हिडेकी झापाको अर्जुनधारा–६ कि एक युवती बेचिएको खुलासा भएको छ । अर्जुनधारा–६ माता मन्दिर छेऊ घर भएकी ३० वर्षीया कमला सतारलाई इराक पु¥याएर बेचेको उनकी आमाले बताएकी छन् । बिर्तामोडस्थित समुन्नत नेपालको कार्यालयमा विहीवार (आज) पीडित परिवारका तर्फबाट पत्रकार भेटघाटको आयोजना गरी कमलाकी आमा लखी सतार मुर्मूले आफ्नी छोरीलाई ओमन लाने भनेर इराक पु¥याएर बेचेको बताएकी हुन् ।
इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड १ का मदन खरेलले छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै लगेको र दुवई पुगेपछि ओमन बन्द छ भनेर इराकमा लगेर बेचेको आमा लखीले बताइन् । घटनाका विषयमा बुझ्नका लागि पीडित परिवारले उपलब्ध गराएको कट्टेलको ९८१७०६०८७९ नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
ओमन जान भनेर तीन वर्ष अघि हिडेकी छोरी एकवर्षसम्म बिना सम्पर्क भएपछि खोजी कार्य शुरु गरेको लखीले बताइन् । तीन वर्षदेखि सम्पर्क विहिन बनेकी छोरी केही समय अघि मात्रै उनी सम्पर्कमा आएर आफू बेचिएको बताएसँगै उनको उद्धार गरीदिन आमा लखीले आग्रह गरेकी हुन् ।
‘कमलालाई श्रीमानले छाडेपछि आठ वर्षकी छोरी काजललाई मेरो जिम्मा लगाएर कमाउन जान्छु है आमा भन्दै ऊ विदेश गएकी हो’ लखीले भनिन् ‘तीन वर्षसम्म छोरीको अत्तोपत्तो थिएन । अहिले छोरी सम्पर्कमा आइन् तर उनलाई उद्धार गर्नुपर्ने भयो । हाम्रो बलबुताले नभ्याएपछि तपाईहरुलाई गुहारेकी हुँ । छोरीको उद्धारमा सहयोग पु¥याइदिनुहोस् ।’
कमला २०७७ साल भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडेकी आमा लखीले बताइन् । ‘तर, उनलाई इराक पु¥याएर बेचिए छ’ आमा लखीले रुँदै भनिन् ‘बेचिएकी छोरीको उद्धारका लागि धेरैलाई गुहार मागे तर हाम्रो आवाज कसैले सुनेन ।’
विदेश गएकी छोरी सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, माइती नेपाललाई समेत छोरीको खोजी गरिदिन आग्रह गरेको बताउँदै आमा लखीले आजसम्म सुनुवाई नभएको बताइन् ।
‘छोरी सम्पर्कमा आएसँगै उनले आफूलाई तत्काल उद्धार गर्न भन्छिन्’ लखीकी छिमेकी संगीता प्रसाई बंशलले भनिन् ‘हाम्रो कुरा कस्ले सुनिदिने, जानेजति सबै ठाउँ पुग्यौ तर, उनको उद्धार कतैबाट भएन ।’ उनले भनिन् –आमा रुन्छिन् मात्रै, गाउँको छोरीचेली माया लागेर आउँछ, सबैतिर पुगिसक्यौ कहीबाट सुनुवाई भएन, मलाई पनि पाठ पूजा, भन्दा कमलालाई ल्याउन सके सबैभन्दा ठूलो धर्म त्यै हुन्थियो जस्तो लागेर कुदिरहेका छौं ।’ संगिताले थपिन्–विचराको घरको अवस्था पनि उस्तै छ, अर्काको लुगा धोएर, साग गोडेर, भाँडा मोलेर घर चलाउँदै आएकी छन् ।’
कमला यसअघि पनि कुवेत गएकी थिइन् । उनी दुई वर्षसम्म कुवेतमा काम गरेर नेपाल फर्किएपछि छोरीको सुन्दर भविश्य बनाउने उद्धेश्यले पुनः ओमन गएको बताइएको छ । ओमन जाने भनेर गएकी छोरीलाई इराक पु¥याइएर बेचेको उनकी आमा लखीको भनाई छ ।
महिला अधिकारका लागि विगत लामो समयदेखि सम्मनुत नेपालकी सञ्चालक तथा महिला अधिकारकर्मी कोपिला बस्नेतले कमलाको उद्धारमा सहयोग पु¥याइदिन सरोकारवाला सबैमा आग्रहसमेत गरेकी छिन् । कमलालाई बिदेश पठाउने एजेन्ट कट्टेललाई सम्पर्क गर्दा उनको फोनमा भने सम्पर्क हुन सकेन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैदेशिक रोजगारीका लागि ओमन हिडेकी अर्जुनधारा–६ की कमला इराकमा बेचिएको खुलासा (भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img