ताप्लेजुङ २९ गते । आमाको हत्या आरोपमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्लीकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार (बाम्फोक) प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूलाई प्रहरी चौकी साँघुबाट खटिएको प्रहरी टोली बताइएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।
आमाको हत्या आरोपमा छोरा पक्राउ



















