Homeसमाचारनकारात्मक टिप्पणी गर्नेकाे अभिलेख राख्न पार्टीका तहगत संरचनालाई निर्देशन

नकारात्मक टिप्पणी गर्नेकाे अभिलेख राख्न पार्टीका तहगत संरचनालाई निर्देशन

बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले पार्टी र नेतृत्व विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न तहगत समितिहरुलाइ निर्देशन दिएका छन् ।
आन्तरिक विशेष अभियान २०८० अन्तरगत झापा जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेता झापाका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बिकले यस्तो निर्देशन दिएक हुन।
‘घोषणा गरेर पार्टी छोड्दा केहि असर पुग्दैन’ – नेता बि क ले भने– ‘पार्टीभित्रै बसेर कुप्रचार गर्ने एवं अन्य शक्तिलाई सहयोग गर्नाले पार्टी खतरामा पर्छ।’
पार्टीको नीति, कार्यक्रम र पार्टीप्रतिको प्रतिबद्धताले मात्रै संगठन बलियो हुने बताउँदै उनले कांग्रेस पार्टीको शब्दकोषबाट ‘बन्द हड्ताल, टायर बाल्ने, सवारी साधन जलाउने, विकास निर्माणमा अवरोध पु¥याउने, मान्छे आतंकित बनाउने, नेतृत्वको आलोचना’ जस्ता कार्य कांग्रेसको शब्दकोषबाट हटाइने बताउनुभयो । गाउँ सेवा दल गठन गरेर पार्टी कार्यकर्तालाई सामाजिक सेवामा खटाउन मातहत निकायलाई उनले आग्रह समेत गरे ।
‘कांग्रेस कार्यकर्ताहरु अब स्वयंसेवी रुपमा विपद्, विकास निर्माण, जनता खुशी पार्ने काममा लाग्नुहोस्’–नेता विकले भने–‘जनता खुसी भए प्रजातन्त्र बलियो हुन्छ, अब जनता खुशी बनाउने काम पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिले गर्नुपर्छ ।’ पार्टीलाई जनतासँग जोड्न र बलियो संगठन बनाउन जनप्रिय कार्यक्रम गर्न निर्वाचित जनप्रतिनिधिलाई उनको आग्रह थियो ।
नेतृत्व मन नपर्ने बित्तिकै गुट बनाउने प्रवृत्ति गलत भएको बताउँदै नेता विकले विधान बमोजिम पार्टीलाई विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य उत्तम चम्लागाईले भदौबाट समूदायमा कांग्रेस अभियान सञ्चालन हुने धारणा राखे ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै साउन २२ गतेदेखि २९ गतेसम्म निरन्तर कार्यक्रम गर्दा नेता–कार्यकर्तामा देखिएको उत्साह र सहभागिताप्रति आभार ब्यक्त गरे ।
पार्टीका उपसभापति शेरबहादुर भट्टराइले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन उपसभापति केशवराज पाण्डेले गरेकन थिए । कार्यक्रममा कोशी प्रदेश सांसद, पार्टीका कोशी प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारी÷सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, निर्वाचित जनप्रतिनिधि तथा उम्मेद्वारहरु, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका केन्द्रीय पदाधिकारी÷ सदस्यहरु, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनकारात्मक टिप्पणी गर्नेकाे अभिलेख राख्न पार्टीका तहगत संरचनालाई निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img