HomeFeatured 2खुटीडाँगी सिमसार क्षेत्रमा 'फरेष्ट स्टे'को योजना

खुटीडाँगी सिमसार क्षेत्रमा ‘फरेष्ट स्टे’को योजना

खुटीडाँगी । झापाको मेचीनगर–३ स्थित खुटीडाँगी सामुदायिक बनले फरेष्ट स्टे निर्माणको अवधारणा अघि सारेको छ । लगभग १८ विगाहा जमिनमा फैलिएको खुटीडाँगी सिमसार क्षेत्रभित्र घुम्न आउने पर्यटकलाई मध्यनजर गरी फरेष्ट स्टे निर्माण योजना अघि सारेको खुटीडाँगी सामुदायिक बनका कार्यालय सचिव राजु धिमालले बताए ।
जंगल घुम्न आउने र बास बस्न इच्छुकलाई फरेष्ट स्टे निर्माण गर्दैछौं’,–उनले थपे–‘होमस्टे भन्न मिलेन, जंगलभित्र भएकोले फरेष्ट स्टे हो ।’
सानो क्षेत्रफल भएपनि बन क्षेत्रभित्र बालबालिकालाई लक्षित गरी बाल उद्यान निर्माण गरिएको छ । उक्त उद्यानको स्तरोन्नती गर्नुका साथै बालबालिकाले प्रयोग गर्ने विभिन्न किसिमका सामग्री समेत राख्ने योजना बारे सुनाउँदै धिमालले भने–‘साइन्स अफ टेक्नोलोजीका सामग्रीहरु राख्ने योजना छ ।’
वन क्षेत्रमा हाल स्वीमिङ पुल निर्माणको क्रममा रहेको खुटीडाँगी सामुदायिक वन क्षेत्रमा पर्यटनबाट १ देखि ढेडलाख रुपैयाँ आम्दानी हुने गरेको धिमालले बताए । जंगलको पुरै क्षेत्रफल तार घेरा गरिएको छ ।
१० लाख बार्षिक बजेट रहेको सामुदायिक बनका ३२५ उपभोक्ता रहेका छन् भने ३०६ क्यु.फिट काठ काट्ने अनुमति प्राप्त गरेको छ ।
पछिल्लो समय गाउँ गाउँमा पर्यटकीय क्षेत्र विस्तारको क्रम बढेको छ ।
खासगरी सामुदायिक बन क्षेत्रहरुमा पर्यटक आकर्षणका लागि केही न केही नयाँ भौतिक संरचना निर्माण गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2खुटीडाँगी सिमसार क्षेत्रमा 'फरेष्ट स्टे'को योजना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img