भद्रपुर । नेपाली कांग्रेस भद्रपुर १० नम्बर वडा समितिले वर्तमान परिस्थितिमा कांग्रेसको भूमिकाका लागि नागरिकस्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर वडा सम्मेलन सम्पन्न गरेको छ ।
वडा सभापति विष्णुप्रसाद काफ्लेको अध्यक्षता तथा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न वडा सम्मेलन महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा कार्य समिति, भातृ संघ, कृयाशील सदस्य लगायत नेपाली कांग्रेस पार्टीमा आस्थावान नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर र वडामा भएको विकास निर्माण सम्बन्धि चर्चा, संगठन विस्तार लगायत विषयमा छलफल समेत भएको थियो । सम्मेलनको औचित्यमाथि गोविन्द लम्सालले प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, भद्रपुर काँग्रेस सभापति रामबहादुर कँडेल, काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, झापा काँग्रेसका पुराना नेता परमेश न्यौपाने लगायतले धारणा राख्दै नीति, सिद्धान्त, व्यवहार र आचरणको सुधार नै पार्टी रूपान्तरणको महत्वपूर्ण आधार रहेको बताएका थिए । सहभागीले नेतृत्वलाई पार्टी गतिशील बनाउन विविध सुझाव समेत दिएका थिए । बिष्णु काफ्लेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा स्वागत रमला बराल र संचालन नारायण सुवेदीले गरेका थिए ।
काँग्रेस भद्रपुर १० को वडा सम्मेलन सम्पन्न

































































































