Homeसमाचारमतदानद्वारा निर्वाचित जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी

मतदानद्वारा निर्वाचित जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी

झापा । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार काम गरे वा गरेनन् भन्ने मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ गर्दैछ । जनमत पार्टीले राखेको राइट टु रिकल’ को प्रावधान अनुसार स्थानीय जनप्रतिनिधिहरूको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको दाबी जनमत पार्टीले गरेको छ ।
जनमत पार्टीका सचिव वीपी साहका अनुसार स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्यांकन अर्थात एप्रूभल रेटिङका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको छ । मतदानमा २०८० वैशाख ३० गतेभन्दा पहिलेसम्म पार्टीको सदस्यता लिएकाहरू मात्रै सहभागी हुनेछन् ।
निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरू भएको हो ।
जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा २२ स्थानमा निर्वाचित भएका थिए । जनमत पार्टीबाट निर्वाचित भएका स्थानमा मतदान गरिएको हो ।
मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रूभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय राखिएको थियो ।
स्थानीय जनप्रतिनिधिहरूको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक भएको सचिव साहको दावी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतदानद्वारा निर्वाचित जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img