Homeसमाचारभ्रष्टाचारीका मुद्दामा शून्य सहनशिलता : नेता विश्वकर्मा

भ्रष्टाचारीका मुद्दामा शून्य सहनशिलता : नेता विश्वकर्मा

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले भ्रष्टाचारको मुद्धामा शून्य सहनशिलता अपनाएको बताएका छन्।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति झापा क्षेत्र नं–२ क को आयोजनामा बिर्तामोडमा आयोजित आन्तरिक विशेष अभियान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता वि.क.ले कोही पनि भ्रष्टाचारी नउम्कियोस् भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको दावी गरे।
सहभागीहरुले उठाएको जिज्ञाशाको जवाफ दिदै नेता वि.क.ले भने–‘भ्रष्टाचारको अभियोग लाग्नेवित्तिकै र अदालतमा विचाराधिन मुद्धा कांग्रेसको कुनै पनि तहको बैठकको एजेण्डा बन्दैन । आरोप लाग्नेवित्तिकै पार्टीबाट हटाउने विषय पार्टीको विधान एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधानमा पनि छैन ।’ आरोपीमाथिको छानविनमा पार्टीले सघाउने र आरोप पुष्टी भएमा पार्टीले कारबाही गर्ने उनको भनाई थियो ।
नेपाली कांग्रेसले आफू सरकारका हुँदा खुल्ला अर्थनीति, खुल्ला शिक्षा नीति, खुल्ला स्वास्थ्य नीति, वैदेशिक रोजगार लगायतका थुप्रै राम्रा कामहरु गरेपनि त्यसको प्रचार नभएको धारणा राखे। कांग्रेसले स्वास्थ्य वीमा कार्यक्रम, १० प्रतिशत शैयामा निशुल्क स्वास्थ्य सेवा, ७३ प्रकारका औषधि निशुल्क वितरण लगायत विपन्न लक्षित थुप्रै कार्यक्रम ल्याएको पनि बताए । सोही अन्तरगत हाल देशभरका ७ सय शैयामा अति विपन्न परिवारका ब्यक्तिको निशुल्क उपचार भइरहेको उनको भनाई थियो ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति झापा क्षेत्र नं–२ क का सभापति लक्ष्मीप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, कोशी प्रदेश प्रतिनिधि उत्तम चम्लागाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, जिल्ला सदस्य युवराज प्रसाई, महाधिवेशन प्रतिनिधि टिका प्रसाई, सिता पौडेल, भुमादेवी घिमिरे, राधा सुब्बा, देवी निरौला बस्नेत, पुष्पराज चौधरी, एम.डि सर्फराज शेख, टिका मैनाली, नगर सभापति भोजराज सिटौला, दुर्गा प्रसाई, विष्णु खरेल लगायतले मन्तब्य राखेका थिए।
उपसभापति मञ्जु ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभ्रष्टाचारीका मुद्दामा शून्य सहनशिलता : नेता विश्वकर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img