खुदुनावारी । लायन्सको ५३ औं स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा नगरपालिका वडा नं. १ साधुटारस्थित बेद बेदाङ्ग संस्कृत पाठशालामा निःशुल्क आँखा जाँच गरेको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडीको आयोजनामा पाठशालामा रहेका गुरु, कर्मचारी तथा बटुकहरुको निःशुल्क आँखा परीक्षण गरिएको हो । देशभर आँखा पाक्ने रोगले महामारीको रुप लिइरहेको बेला पाठशालामै आँखा परीक्षण गराउने अवसर दिएको भन्दै पाठशालाका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

लायन्स क्लब अफ बिर्तामोड लेडी लायन्सको स्थापना दिवसकै अवसर पारेर सोही ठाउँमा रुद्राक्षका विरुवा समेत रोपेको अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन् ।
साउन महिना भगवान शिवको प्रिय महिनामा रुद्राक्षको बृक्ष रोपणका लागि बेद बेदाङ्ग संस्कृत पाठशालाका गुरु लक्ष्मीप्रसाद खतिवडाको आग्रहलाई आत्मसात गर्दै लायन्सले क्लबले रुद्राक्ष रोपेको बताइएको छ ।

































































































