Homeसमाचार'कठिन राजनीतिक संघर्षबाट मात्रै महिलालाई राजनीतिमा स्थापित हुने अवसर आएको हो’

‘कठिन राजनीतिक संघर्षबाट मात्रै महिलालाई राजनीतिमा स्थापित हुने अवसर आएको हो’

बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले प्रतिबन्धित अवस्थामा गरिएको कठिन राजनीतिक संघर्षले नै महिलाहरुलाई राजनीतिमा स्थापित हुन सहयोग पुगेको बताएकी छन् ।
नेपाल महिला संघ झापाद्वारा विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ढकालले पञ्चायती शासन ब्यवस्था एवं पूर्वराजा ज्ञानेन्द्र शाहको प्रतिबन्धित कालमा गरिएको संघर्षपछि मात्रै कानुनी रुपमै महिला सहभागिता बढेको बताइन्।
कार्यक्रमका विशेष अतिथि एवं नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटीले अवसर पाए जस्तोसुकै चुनौतिपूर्ण जिम्मेवारी संहाल्न महिलाहरु सक्षम रहेको चर्चा गर्दै सामाजिक सेवा एवं विभिन्न पेशामा आबद्ध महिलाहरुलाई पनि राजनीतिमा समेट्नुपर्नेमा जोड दिए।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले आफ्नो काम र जिम्मेवारीप्रति महिलाहरु अत्यन्तै इमान्दार देखिएको विभिन्न अध्ययनबाट पुष्टी हुने बताउँदै राजनीतिक एजेण्डासँगै जनजीविकाका सवाललाई लिएर ग्रामीण तहमा जान महिला नेतृहरुलाई आग्रह गरे।
नेपाल महिला संघ झापाका सभापति टिका सिटौला मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की र मिरा खड्का, जिल्ला सदस्य मेनुका बुढाथोकी, तारा कार्की र गिता खरेल, क्षेत्रीय सभापतिहरु जयनारायण शाह र इन्द्र बुढाथोकी, मेनुका शर्मा दाहाल, कुन्ता नेपाल, भुमादेवी घिमिरे, रेनुका उप्रेती मैनाली, गिता खरेल, तारादेवी थपलिया, सीता थेवे, मञ्जु ओली, कन्चना ढकाल सिटौला, विष्णु मैनाली, धनमाया चिमरिया, कमला श्रेष्ठ, शान्ता चुडाल, निर्मला कार्की लगायतले महिला संघलाई सशक्त बनाउन गर्नुपर्ने कामका बारे आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनित उमा शिवाकोटी र जिल्ला सभापतिमा मनोनित टिका मैनालीलाई प्रमुख अतिथि सुशिला ढकालले खादा लगाएर सफल कार्यकालको कामना गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'कठिन राजनीतिक संघर्षबाट मात्रै महिलालाई राजनीतिमा स्थापित हुने अवसर आएको हो’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img