Homeसमाचारभित्रीरूपमा पार्टी ठिक ढंगले चलेन, भएको भन्दा बढी बाहिर प्रपोगण्डा - मीन...

भित्रीरूपमा पार्टी ठिक ढंगले चलेन, भएको भन्दा बढी बाहिर प्रपोगण्डा – मीन विश्वकर्मा

काँकडभिट्टा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पार्टीमा दुई कारणले समस्या भएको बताएका छन् ।

काङ्ग्रेसको जारी आन्तरिक विशेष अभियान अन्तरगग आज झापाको धुलाबारीमा नेपाल प्रेस युनियन सम्बद्ध सञ्चारकर्मीसँगको संक्षिप्त अन्तरक्रियामा विश्वकर्माले पार्टी आन्तरिक रुपमा ठिक ढंगले नचलेको र भित्रको यथार्थभन्दा बाहिर बढी प्रपोगण्डा भएको स्पष्ट पारे।

” पार्टी आन्तरिक रूपमा ठिक तरिकाले चलेन र चलेको छैन” विश्वकर्माले भने, ” भित्र पार्टी जसरी चलेको छ, त्योभन्दा बढी बाहिर प्रपोगण्डा भयो।”

आन्तरिक विशेष अभियान झापाको केन्द्रीय प्रतिनिधि रहेका विश्वकर्माको उपस्थितिमा सोमबार काङ्ग्रेस झापा जिल्ला कार्यसमितिको बैठक बसेको थियोे ।

बैठकले अभियान अन्तरगत १० दिने कार्यक्रम तय गरेको छ । बैठकले अभियान सफल पार्न गाउँ / नगर सम्मेललन गर्ने र त्यसका लागि जिल्ला प्रतिनिधि समेत तोकेको छ।

सोही तालिका अनुसार आज झापा क्षेत्र नम्बर १ को प्रदेश क र ख मा कार्यक्रम सप्पन्न भएको छ। यसबाहेक केन्द्रीय सदस्य विश्वकर्माले झापाका अग्रज काङ्ग्रेस नेतासँग भेटघाट गरेर पार्टीको आन्तरिक अवस्था बुझेका छन् ।

प्रेस युनियनकर्मीसँगको छलफलमा उनले पार्टीले
समयमै प्रेस युनियनलाई खोज्नु पर्ने र आफूले खोजेको बताए ।

” तपाईंहरु पार्टीको आधार स्तम्भ हो ” काङ्ग्रेस सञ्चार विभाग संयोजक समेत रहेका विश्वकर्माले भने,” प्रेस युनियनलाई नखोजी र नबुझी पार्टी अगाडि बढ्न, शसक्त, सबल र सुदृढ रुपमा चल्न सक्दैन ।”

उनले प्रेस युनियनकर्मीलाई पत्रकारिताको धर्मले दिने र मिल्नेसम्म पार्टीमा जोडिएर काम गर्न आग्रह गरे।

पार्टी जीवनको आन्तरिक विषयमा खास नबोलेका विश्वकर्माले साउन दोस्रो साता सकिएको केन्द्रीय कार्यसमितिको लाइभ बैठक ऐतिहासिक भएको टिप्पणी गरे।

विश्वकर्माले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सहयोग र समर्थनमा पार्टी बैठक लाइभ गर्न सहज भएको बताए । उनले पार्टी बैठक लाइभ गरेर काङ्ग्रेसले संसारमा नै नवीन काम गरेको जिकिर समेत गरे।

विश्वकर्माले सो बैठकले जनजीविकासँग जोडिएका १५ तथा देशको समसामयिक अवस्था र राजनीतिसँग जोडिएका १८ वटा निर्णय गरेको जानकारी दिए । यद्यपि, उनलेे निर्णयका ती बुँदा भने उल्लेख गरेनन् ।

उनले पार्टी केन्द्रीय कार्यालयमा सुविधा सम्पन्न स्टुडियो र ईलाइबेरी बनाउने प्रचार बिभागको योजना रहेको सुनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभित्रीरूपमा पार्टी ठिक ढंगले चलेन, भएको भन्दा बढी बाहिर प्रपोगण्डा - मीन...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img